नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा गाडी चलाउन रोक
मंसिर ५ र ६ गते नारायणगढस्थित नारायणी पुलमा राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने भएको छ । सडक विभागले बुधबार साँझ सूचना जारी गरेर गैंडाकोट र नारायणगढ बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जनाएको छ । विभागले ती दुई दिन पूर्वबाट नारायणगढ हुँदै बुटवलतर्फ जाने गाडी रामनगर क्षेत्रमा र बुटवल कावासोती हुँदै नारायणगढतर्फ जाने गाडी थुम्सी क्षेत्रमा रोकिने सूचनामा उल्लेख छ । महेन्द्र राजमार्ग फराकिलो बनाइरहेको चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ र गैंडाकोटको बिचमा रहेको नारायणी नदी किनारको सडक (गैंडाकोट…