नारी जागरण केन्द्रको साधारण सभा : विद्यार्थीलाई छात्राबृत्ती, उद्यमीलाई सम्मान
रत्ननगर । नारी जागरण केन्द्र रत्ननगरको २७औँ बार्षिक साधरण सभा शनिबार गरिएको छ। रत्ननगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा केन्द्रले तीन जना विद्यार्थीलाई छात्राबृत्ती वितरण तथा चार जना उद्यमी महिलाहरुलाई सम्मान गरिएको हो । केन्द्रले स्थापना गरेको छोरी शिक्षा अक्षयकोषबाट नेपाल माविमा कक्षा १२ मा अध्यायनरत सिम्रन मगर, सोही विद्यालयमा कक्षा १२ मा अध्यायनरत मुस्कान कुमारी बैठा र कक्षा ११ मा अध्यायनरत इश्वरी चौधरीलाई जनही १० हजारका दरले छात्राबृत्ती वितरण गरिएको महासचिव सरस्वती लामाले जानकारी दिइन । साधारण सभामा केन्द्रले सञ्चालन गरेको सीप मुलक तालिम लिएर उद्यमी बनेका रुपा कट्टेल, माया…