रास्वपा कार्यकर्ताले कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक
पोखरा,५ कात्तिक । आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले आइतबार पोखरामा कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक रहेको खुलेको छ । कार्यकर्ताले प्रर्दशनका क्रममा उनलाई घुसपैट गरेर आएको भन्दै कुटपिट गरी रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेललाई घाइते बनाएका छन्। उनी अहिले घरमै आराम गरिरहेका छन्। उनको ओठमा दुइटा टाँका लगाइएको छ। ओठ सुन्निएको छ। आइतबार दिउँसो आन्दोलनमा जाँदा खाएको कुटाइले अहिले पनि शरीर दुखिरहेको पौडेल बताउँछन्। ‘मैले त आफ्नै साथीहरूबाट कुटाइ खाएँ। हिजोको आन्दोलनमा मलाई ठूलो चोट लागेको ओठमा हो। धेरै नै रगत बगेछ,’ उनले भने, ‘अन्त पनि दुखेको छ, घरमै आराम गरिरहेको छु।’ आन्दोलनमा रविका पक्षबाट…