आज २०८१ साल कात्तिक ७ गते बुधवार, यस्तो छ तपाईको राशिफल
चितवन,७ कात्तिक । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज यात्रा नगरेकै जाती…