चितवनका चार बैंकले दिए मालपोत र नापी कार्यालयलाई कम्प्युटरलगायतका सामग्री
चितवनका चार वटा बैंकले संयुक्त रुपमा जिल्लाका मालपोत र नापी कार्यालयलाई आवश्यक सामग्री सहयोग गरेका छन् । गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले मालपोत र नापी कार्यालयमा पूर्णरुपमा तोडफोड र आगजनी गरेपछि अहिले सेवा सुचारुमा कठिनाई भइरहेको छ । यहीँ अवस्थालाई मध्यनजर गर्दै चितवनमा रहेका प्रभु बैंक लि., कुमारी बैंक लि., ज्योति विकास बैंक लि. र सिन्धु विकास बैंक लि.ले संयुक्तरुपमा मालपोत कार्यालय र नापी कार्यालय भरतपुरलाई कार्यालय सञ्चालनको लागी आवश्यक कम्प्युटर, प्रिन्टर, टेबल र कुर्चीहरु सहयोग गरेको हो । एक कार्यक्रमकाबीच बैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण कार्यक्रममा प्रभु बैंक लि.को तर्फबाट सांग्रिला श्रेष्ठ,…