प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक फेसबुक अकाउन्ट गायब

प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक फेसबुक अकाउन्ट गायब

प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक फेसबुक अकाउन्ट गायब

प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक फेसबुक अकाउन्ट गायब भएको छ । प्रधानमन्त्री कार्कीले निवर्तामान प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएको अकाउन्ट चलाउन नमानेपछि प्रधानमन्त्री कार्यालयले PM Sushila Karki नामको फेसबुक अकाउन्ट खोलेको थियो । तर, त्यो अकाउन्ट अहिले चल्न छोडेको छ । यसबारे कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको थियो । प्रधानमन्त्री कार्कीको नामको नयाँ अकाउन्ट गायब हुँदा उनको नाममा खुलेका अन्य अकाउन्टहरूमा सक्रिय छन्, जसले आमनागरिकमा दुविधा पैदा भएको छ ।
Read More
खुम्बुमा असोजमै हिमपात, स्थानीय भन्छन्ः असामान्य

खुम्बुमा असोजमै हिमपात, स्थानीय भन्छन्ः असामान्य

सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ । यसवर्ष भने असोजको तेस्रो सातामै हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्य भएको छ । यस क्षेत्रमा असोजमा हिउँ पर्नु दुर्लभ मानिन्छ । यसपटकको असोजको हिमपातले स्थानीय, व्यवसायी र आरोहण टोली प्रभावित भएका छन् । गत आइतबार बिहानदेखि सुरु भएको भारी वर्षापछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परेको छ । लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र सेताम्य बनेको स्थानीय पासाङ शेर्पाले जानकारी दिनुभयो ।…
Read More
पहिराले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

पहिराले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम चिन र भारत जोड्ने सडक पनि हो । कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । यातायात ब्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताउनुभयो । “सामान्य बर्षा हुनेवित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे सडकमा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो “सवारी…
Read More
आजको मौसम पूर्वानुमानः मनसुनी वायुको प्रभाव कमजोर हुँदै

आजको मौसम पूर्वानुमानः मनसुनी वायुको प्रभाव कमजोर हुँदै

मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार गण्डकी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख…
Read More
बाढीका कारण गौरमा रहेका सरकारी कार्यालय डुबानमा

बाढीका कारण गौरमा रहेका सरकारी कार्यालय डुबानमा

बाढीकै कारण गौरमा रहेका सरकारी कार्यालय डुबानमा परेका छन् । बागमती नदी र बकैया नदीको विभिन्न स्थानबाट बाढी पसेपछि उक्त क्षेत्र डुबानमा परेको हो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार मङ्गलबारदेखि कार्यालय खोल्न निर्देशन प्राप्त भएपनि सेवाग्राही आउने अवस्था नरहेको बताउनुभयो । बाढीले जिल्ला प्रशासन, गौर नगरपालिका, मालपोत, नापी, पूर्वाधार, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, गौर भन्सार, जिल्ला निर्वाचन, जिल्ला हुलाक कार्यालयलगायत कार्यालय डुबानमा परेका छन् । यसैगरी सशस्त्र प्रहरी बल नेपाल ११ नं हेड क्वाटर हजमनियाको कार्यालय पनि पूर्ण रूपमा डुबानमा परेको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिनुभयो । लक्ष्मीपुर बेलबिछुअवा, गौर, औरैया, सरमजुअवाको बिओपीका कार्यालयसमेत डुबानमा…
Read More
जेनजी आन्दोलनका भाइरल युवा आमाको हत्याको आरोपमा प्रकाउ

जेनजी आन्दोलनका भाइरल युवा आमाको हत्याको आरोपमा प्रकाउ

धादिङ धारिलो हतियार प्रहार गरि छोराले आमाको हत्या गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यम कँडेल (जिरे)ले हिजो (आइतबार) हतियार प्रहार गरि ५४ वर्षीया आमा राममायाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले घटनास्थलबाट हतियारसहित निजलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र यमबहादुरविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ । राममायाको हत्यापछि पूरै गाउँ शोकमा डुबेको छ । आमाको हत्या अभियोगमा पक्राउ गरेका यमबहादुर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आक्रामक प्रस्तुती र क्रियाकलापबाट सामाजिक सञ्जालमा भाइरल भएका थिए ।  
Read More
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन सहज : रोकिएका गाडी गन्तव्य तर्फ लागे

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन सहज : रोकिएका गाडी गन्तव्य तर्फ लागे

दुई दिनको लगातार वर्षाका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सहज बनेको छ । सडक डिभिजन चितवनका अनुसार सोमबार बिहान ६ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको हो । सडक डिभिजनले अहिले अवस्था सामान्य भए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ । अवस्था सामान्य बनेसँगै नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका हुन्। ‘बिहान ६ बजेबाट नारायणगढ–मुग्लिन सडकखण्ड कुनै अवरोध बिना सञ्चालन भएको छ । यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले कृपया सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रुमहानुभावलाई हार्दिक अनुरोध गर्दछौं’, सूचनामा भनिएको छ । गत शुक्रबार र शनिबार…
Read More
वर्षाका कारण भएको क्षतिप्रति प्रधानममन्त्री कार्कीद्वारा दुःख व्यक्त

वर्षाका कारण भएको क्षतिप्रति प्रधानममन्त्री कार्कीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामलगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेकी हुन् । उनले राहत र उद्धारमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गरेकी छन्। “विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै प्रभावित क्षेत्रमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु”, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन् ।
Read More
पोखरामा अलपत्र पर्यटकलाई होटल सङ्घको पहलमा निःशुल्क खाना र बस्ने व्यवस्था

पोखरामा अलपत्र पर्यटकलाई होटल सङ्घको पहलमा निःशुल्क खाना र बस्ने व्यवस्था

बाढीपहिरो र सडक अवरुद्ध हुँदा पोखरामा अलपत्र परेका पर्यटकलाई व्यवसायीले निःशुल्क खाना र बस्ने सुविधा उपलब्ध गराउने भएका छन् । होटल सङ्घ पोखराले पोखरा र वरपरका क्षेत्रमा समस्यामा परेका पर्यटकका लागि निःशुल्क खाना र बस्ने सुविधा उपलब्ध गराउने घोषणा गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । उहाँले विपत्तिमा केही पर्यटक अलपत्र परेको भन्ने खबर पाएसँगै तत्काल राहत उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको बताउनुभयो । “असहज परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै होटल सङ्घले यस्तो निर्णय गरेको हो । यसले पर्यटकको सुरक्षा र सहजतामा सहयोग पुग्ने विश्वास छ”, सुवेदीले भन्नुभयो । हाल पोखरा भ्रमणमा रहेका अन्य पर्यटकलाई पनि होटलको प्रचलित…
Read More
आजको मौसम पूर्वानुमानः कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमानः कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन ÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।…
Read More