क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापी औषधिको अभाव, बिरामी उपचारमै संकट

क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापी औषधिको अभाव, बिरामी उपचारमै संकट

क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापी औषधिको अभाव, बिरामी उपचारमै संकट

चितवन, असार २ – चितवनमा क्यान्सर उपचारका लागि अत्यावश्यक किमोथेरापी औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव भएपछि बिरामी र उनीहरूका परिवार समस्यामा परेका छन्। भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा उपचारका लागि आएका बिरामीहरू उपचारभन्दा बढी औषधिको खोजीमा भौतारिन बाध्य भएका छन्। चिकित्सकहरूका अनुसार विश्वव्यापी रूपमा सक्रिय कच्चा पदार्थ (एपीआई) को अभाव, मूल्यवृद्धि तथा ढुवानी लागत बढ्दा उत्पादन प्रभावित भएको हो। नेपालमा मूल्य समायोजन हुन नसक्दा आयात पनि घटेको छ। औषधि व्यवस्था विभागले देशभरका ११ स्वास्थ्य संस्थामार्फत आपूर्ति व्यवस्था गरे पनि मागअनुसार औषधि उपलब्ध हुन सकेको छैन। चितवनमा भरतपुरको राज ड्रग प्रालिलाई जिम्मेवारी दिइएको भए पनि आपूर्ति न्यून रहेको जनाइएको…
Read More
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

काठमाडौं, असार २ – चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो । नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी…
Read More
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय

परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय

चितवन, असार २ – चितवन जिल्लास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले परीक्षा प्रणालीलाई छिटो छरितो बनाउन सुरु गरेको छ । विश्वविद्यालयका आठ आङ्गिक र आठ सम्बन्धन प्राप्त कलेज छन् । सबैभन्दा बढी कृषिका विद्यार्थी अध्ययनरत छन् । एउटै सङ्कायको नतिजा आउन वर्ष दिनसम्म लाग्ने गरेकामा अहिले दुई महिनाभित्रमा नतिजा आउनेगरी काम सुरु गरिएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा डा मनोज शाहले एकै समयमा परीक्षा सम्पन्न भएका परीक्षार्थीको नतिजा एकैपटक हुनेगरी काम भइरहेको बताउनुभयो । विश्वविद्यालयमा कृषि सङ्काय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय र वन विज्ञान सङ्काय स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ । विश्वविद्यालयका…
Read More
रत्ननगर अस्पताल प्रदेशभरिका बिरामीको भरोसा बन्दै

रत्ननगर अस्पताल प्रदेशभरिका बिरामीको भरोसा बन्दै

भक्तपुर, असार २- बागमती प्रदेशअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ स्थित टाँडी बजारको उत्तरतर्फ अवस्थित बकुलहर रत्ननगर अस्पताल यतिखेर स्थानीयवासीका लागि मात्रै नभई मध्यम र निम्न वर्गका माझी समुदायदेखि राउटे बस्तीका बिरामीसमेतका लागि स्वास्थ्य उपचारमा बरदान बनेको छ । पूर्वपश्चिम राजमार्गबाट करिब ५० मिटरको दूरीमा पूर्वी चितवनको टाँडी बजारमा स्थानीयको मन र विश्वास जित्दै अगाडि बढिरहेको अस्पताल हो बकुलहर रत्ननगर अस्पताल । भरतपुरबाट ११ किमी दूरीमा रहेको यस अस्पताल पूर्वी चितवनको एकमात्र प्रदेशअन्तर्गतको जिल्ला अस्पताल हो । विसं २०२४ मा बकुलहर स्वास्थ्यचौकीको नाममा स्थापना गरिएको स्वास्थ्यचौकीलाई नेपाल सरकारले २०६५ सालमा सेवा विस्तार गरी १५ शय्याको जिल्ला अस्पतालका रूपमा सञ्चालनमा ल्याएको थियो ।…
Read More
मुग्लिन–मलेखु सडकमा कालोपत्रको तयारी

मुग्लिन–मलेखु सडकमा कालोपत्रको तयारी

चितवन, असार २ – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ । अलकत्राको अभावमा रोकीएको काम पुनः गर्न लागिएको हो । यसअघि १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी सुरु गरिएको छ । उहाँले भन्नुभयो, “३० टन अलकत्रा आइसकेको छ । यही ५ गतेबाट कालोपत्रेको काम सुरु हुन्छ ।” तत्काल सो ठाउँमा ७०० मिटर सडक कालोपत्र गरिने छ भने असार महिनामा तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ । सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ ।…
Read More
समाजको विकृति र बिसंगतिमाथि प्रहार, ‘प्रतिविम्ब’ लघु कथासङ्ग्रह

समाजको विकृति र बिसंगतिमाथि प्रहार, ‘प्रतिविम्ब’ लघु कथासङ्ग्रह

मधुसूदन दवाडी, चितवन, असार २- सप्तगण्डकी बहमुखी क्याम्पस नेपाली विभागकी प्रमुख डा. बिन्दु पौडेल वस्तीको लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । आफ्नी आमा स्वर्गीय गङ्गामाया पौडेल र स्वर्गीय ससुराबा मुक्तिनाथ वस्तीप्रति समर्पित यस लघुकथा सङ्ग्रहमा ८४ वटा छोटा कथाहरु समावेश गरिएको छ । एक, दुई अनुच्छेद लामा कथाहरु एउटा पढेपछि अर्काे पढ्न मन लाग्ने खालका छन् । लामा–लामा कथा र उपन्यास पढेर वाक्क भएका पाठकको लागि यी कथा सङ्ग्रह फास्टफुड खाए जस्ता छन् । ‘ज्ञान’ बाट सुरु भएको कथाको श्रृङ्खला ‘एकता’ मा गएर टुङ्गिन्छ । सरल भाषामा लेखिएका कथाहरुले नेपाली समाजमा देखिएका विकृति र बिसंगतिमाथि प्रकार गरेको छ । कतै कथाहरुले…
Read More
चितवनको सौराहामा पर्यटक थप चलायमान

चितवनको सौराहामा पर्यटक थप चलायमान

बागमती, असार २ – शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिए पछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन् । गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रुपमा लिइँदैन । चितवनको सौराहामा दुई दिन बिदाको समय पारेर आएका पर्यटकका कारण त्यहाँका होटेल तथा रेष्टुराँ आन्तरिक पर्यटकले भरिभराउ भएका जनाएको छ । साथै जङ्गल सफारीका लागि जिप लाग्ने ठाउँ होस् वा हात्ती चढ्ने ठाउँ सबैतिर पर्यटकहरू खचाखच भरिएका छन् । प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यको उपमा दिइने नेपालको चितवन पनि तिनै पर्यटकीय महत्व बोकेको गन्तव्यमध्येमा एक हो । विशेष गरी जल पर्यटन, वन्यजन्तुु अवलोकन आदिका लागि स्वदेशी एवं…
Read More
चितवनबाट बागमती प्रदेश खेलकुदमा सहभागी हुने खेलाडीलाई खेल सामग्रीसहित बिदाई

चितवनबाट बागमती प्रदेश खेलकुदमा सहभागी हुने खेलाडीलाई खेल सामग्रीसहित बिदाई

चितवन, असार १ – तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने चितवनका खेलाडी तथा प्रशिक्षकलाई खेल सामग्रीसहित भव्य रूपमा बिदाई गरिएको छ। चितवन जिल्ला खेलकुद विकास समितिले सोमबार आयोजना गरेको कार्यक्रममा खेलाडीलाई ट्र्याकसुटसहित बिदाई गरिएको हो। प्रतियोगिता आगामी असार ३ देखि ९ गतेसम्म मकवानपुरको हेटौंडा, काठमाडौं, ललितपुर र चितवनमा आयोजना हुँदैछ। सो प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकलाई समितिका अध्यक्ष राजन कार्कीलगायतले खेल सामग्री हस्तान्तरण गर्दै बिदाई गरेका हुन्। समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई ट्र्याकसुटसहित बिदाई गरिएको यो पहिलो पटक हो। यसबाट खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। समितिले फुटबल, क्रिकेट, भलिबल (महिला–पुरुष),…
Read More
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ तालिमको आयोजना

महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ तालिमको आयोजना

वालिङ (स्याङ्जा), असार १ – भूतपूर्व सैनिकका सन्तान बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले वालिङमा सिलाइकटाइ तालिमको आयोजना गरिएको छ । रक्षा विभाग कल्याणकारी शाखा काठमाडौँको आर्थिक सहयोग तथा वालिङ–९ भकुण्डेस्थित जिल्ला सैनिक बोर्ड वालिङको व्यवस्थापनमा उक्त तालिमको आयोजना गरिएको हो । भूतपूर्व सैनिक तथा सर्वसाधारण गृहिणी महिलालाई लक्षित गरी तीनमहिने र छमहिने सिलाइकटाइसम्बन्धी सीप सिकाउने गरिएको जिल्ला सैनिक बोर्ड वालिङका सेक्रेटरी नरबहादुर पुनले बताउनुभयो । यहाँबाट सीप सिकेका गृहिणी महिलामध्ये केहीले व्यावसायिक रुपमा सिलाइकटाइ पेसालाई अगाडि बढाएर आम्दानी लिन थालेका छन् । जिल्ला सैनिक बोर्ड वालिङमा सञ्चालन भएको तालिममा वर्षैभरि तीन÷तीनमहिने र ६/६ महिने सिलाइकटाइ तालिम तथा कम्प्युटरसम्बन्धी तालिम सञ्चालन…
Read More
प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

काठमाडौँ ,असार १ – प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् । बैठकको सुरुमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए । सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका सन्दर्भमा जवाफ माग गरिन् । नेता अर्यालले संसद्मा जवाफका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरिन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले गत जेठ १७ गते सीमाका सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे । उनले…
Read More