रास्वपा महाधिवेशनः राजनीतिसँगै पर्यटनको सङ्गम बन्दै चितवन
चितवन, असार ३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन भरतपुरमा हुँदैछ । यही असार ७, ८ र ९ गते भरतपुरमा हुने रास्वपाको महाधिवेशनले राजनीतिक नेतृत्व मात्रै चयन गर्दैन, यहाँको पर्यटन र व्यापार व्यवसायको प्रवद्र्धन समेत गर्नेछ । महाधिवेशनमा आउने प्रतिनिधि, पर्यवेक्षक र पाहुनाले जिल्लाका होटल भरिभराउ हुनेछन् भने रेष्टुरेन्ट र स्थानीय उत्पादनको खपत बढ्नेछ । महाधिवेशनमा देशका बाँकी ७६ जिल्ला र विदेशबाट प्रतिनिधि एवं पर्यवेक्षक तथा अतिथिहरु आउँदैछन् । महाधिवेशनले मुख्य रुपमा यहाँको पर्यटकीय गन्तव्यलाई देशभर र विदेशमा चिनाउने सरोकारवालाहरुको विश्वास छ । पूर्वी चितवनको रत्ननगरमा रहेको होटल स्टारका सञ्चालक भेषराज दुवाडी आफूले १५ राष्ट्रियस्तरका कार्यक्रम होटलमा गर्दा यसको…