टिकौलीमा कृष्णसार स्थानान्तरणका लागि करिब १३० रुख व्यवस्थापन आवश्यक, तयारी तीव्र
चितवन,जेठ २२- रत्ननगरको टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। तर, संरक्षण केन्द्र वरपर रहेका करिब १३० रुख व्यवस्थापन गर्नुपर्ने देखिएपछि काम केही ढिलाइ हुने भएको छ। डिभिजन वन कार्यालय चितवनका अनुसार इन्क्लोजर क्षेत्र वरिपरि रहेका रुखहरू हटाउनुपर्ने निष्कर्ष स्थलगत अध्ययनपछि निकालिएको हो। डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार बाघ, चितुवा लगायत वन्यजन्तु रुख चढेर कृष्णसारमाथि आक्रमण गर्ने जोखिम भएकाले सुरक्षा दृष्टिले रुख व्यवस्थापन अनिवार्य बनेको हो।उनका अनुसार करिब १०६ रुख बाहिरी क्षेत्रमा र २३ रुख भित्री भागमा पर्ने देखिएको छ। “भित्र नुगेका र बाहिर ढल्केका रुख हटाउनै पर्ने अवस्था छ,” उनले बताए। कानुनी प्रक्रिया अघि बढाइँदै…