छठपर्व : प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व हो : डा शोभाकर पराजुली
छठपर्व हिन्दूधर्मका सबैभन्दा पवित्र र अनुशासित पर्वमध्ये एक मानिन्छ, जसलाई सूर्यदेव र छठी माईको आराधनाका रूपमा अत्यन्त श्रद्धा र भक्ति भावले मनाइन्छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मैथिल, भोजपुरिया, थारु तथा अन्य समुदायका साथै भारतका विहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल र दिल्लीमा यो पर्वको ठूलो महत्व छ । यस पर्वमा लाखौँ भक्तजनले नदी, तलाउ वा पोखरीको किनारमा शुद्ध मनले सूर्यदेवलाई अघ्र्य अर्पण गर्छन् र परिवार, समाज र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्छन् । पछिल्ला वर्षमा राजधानी काठमाडौँसहित देशका अन्य सहरमा पनि छठ पर्वको प्रचलन तीव्र रूपमा बढ्दै गएको छ । सहरमा पनि श्रद्धालुहरूले जलाशय सफा गरी सामूहिक रूपमा पूजा–अर्चना…