रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत लम्साललाई निजामतीसेवा पुरस्कार
रत्ननगर । रत्ननगर । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्साल निजामती सेवा पुरस्कार २०८१ वाट पुरस्कृत भएका छन् । नेपाल सरकारले गतबर्ष घोषणा गरेको सो पुरस्कार निजामती सेवा दिवसको अबसरमा शनिबार प्रमुख प्रशासकीय अधिकृत लम्साललाई प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपिशर्मा ओलीले सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका हुन् । नेपाल सरकारका उपसचिव समेत रहेका लम्साल विगत ८ महिना अघिदेखि रत्ननगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवारत छन् । २७ बर्ष अघि २०५४ साल भदौ १५ गतेबाट निजामती सेवामा प्रवेश गरेका लम्साल मुखिया, खरिदार हुँदै २०६६ सालमा खुल्ला प्रतिस्पर्धाबाट प्रशासन तर्फ शाखा अधिकृतमा नाम निकाल्न…