भीम रावलको भेलामा खुलेर जान थाले एमाले कार्यकर्ता
टीकापुर,३० भदौ । नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले सुदूरपश्चिममा छलफल र अन्तरक्रियालाई तीव्र बनाएका छन् । केही अघिसम्म गृह जिल्ला अछाममा मात्रै केन्द्रित उनी अहिले सुदूरपश्चिमका अन्य जिल्लामा पुग्न थालेका छन् । रावल जिल्ला जिल्ला पुग्न थालेपछि उनका कुरा सुन्न एमाले कार्यकर्ताले चासो दिन थालेका छन् । हाल कैलाली रहेका रावलले टीकापुर, लम्कीचुहा, बर्दगोरिया, अत्तरिया क्षेत्रमा भेला र छलफल गरेका छन् । रावलका कुरा सुन्न एमालेका अगुवा कार्यकर्ताहरू जम्मा हुन थालेका छन् । छलफलमा एमालेका प्रदेश, जिल्ला, गाउँ तथा नगर र वडाको जिम्मेवारीमा रहेका अगुवा कार्यकर्ताले अब नयाँ पार्टी बनाएर अघि नबढ्न पनि सुझाएका छन् । अर्को थरीले कुनै पार्टीमा…