बछौली नारी चेतनाको साधारण सभा : उत्कृष्ट बचतकर्ता र असल ऋणि सम्मानित
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा मुख्य कार्यालय रहेको बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २६आँै बार्षिक साधारण सभा आइतबार गरिएको छ । सो वडाका वडाध्यक्ष किरण महतोले उद्घाटन गरेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष भागिरथी कुमारी घिमिरेले भावी कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव शान्ता अधिकारी पराजुलीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष देवकी अधिकारी रिमालले आर्थिक प्रतिवेदन तथा व्यवस्थापक शारदा अधिकारी विडारीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन सहित संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा ज्येष्ठ शेयर सदस्य बसन्ती माझी, निवर्तमान अध्यक्ष वविता चौधरी सम्मान तथा उत्कृष्ट बचतकर्ताहरु लक्ष्मी घलान, विन्दु चौधरी, गीता गिरी र उत्कृष्ट कारोवारी प्रतिभा तिवारीलाई…