भिस्टारा एयरको जहाजमा भेटिएन बम

भिस्टारा एयरको जहाजमा भेटिएन बम

भिस्टारा एयरको जहाजमा भेटिएन बम

काठमाडौं,६ कार्तिक । दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको विमानमा बम रहेको हल्ला ‘फेक’ सावित भएपछि विमान पुनः दिल्लीका लागि उडान भरेको छ। एक भारतीय नागरिकले ह्वाट्सएपमा विमानभित्र बम रहेको धम्कीपूर्ण मेसेज पठाएपछि सुरक्षाकर्मीहरूले विमानको कडा निगरानीसहित सर्च अपरेसन सञ्चालन गरेका थिए। विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जहाजभित्र सर्च गरेको थियो भने हरेक यात्रुको बडी समेत चेकजाँच गरिएको थियो। प्रारम्भिक छानबिन र सर्चपछि कुनै शंकास्पद वस्तु फेला नपरेको विमानस्थल प्रमुख ज्ञानेन्द्र भुलले जानकारी दिए। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी…
Read More
छविलाल जोशीसँग साढे ७ घण्टा बयान

छविलाल जोशीसँग साढे ७ घण्टा बयान

बुटवल,६ कार्तिक । गोरखा मिडिया नेटवर्क प्रालिका संचालक एवम् पूर्वडीआइजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार साढे ७ घण्टा बयान लिइएको छ। सोमबार पोखराबाट भैरहवा ल्याइएका जोशीलाई हिजो प्रारम्भिक सोधपुछ गरिएकोमा मंगलबार दिनभर बयान गरिएको हो । जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत यमलाल बन्जाडेसहितका प्रहरीहरुले बयान लिएका हुन् । बिहान ११ बजेदेखि बयान सुरु गरी साँझ साढे ६ बजे सम्म बताउन लिइएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए। जिल्ला न्यायाधिवक्ता पौडेलले जोशीमाथि लागेका आरोपबारे…
Read More
सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान,बोले रविका बारेमा

सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान,बोले रविका बारेमा

काठमाडौं, ६ कात्तिक । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरी रुपन्देही ल्याइएका गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसँग मंगलवार लामो बयान लिइएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम दुरुपयोगको आरोपमा अनुसन्धानका लागि बुटवल ल्याइएका जोशीलाई झण्डै साढे सात घण्टा लगाएर विभिन्न ५७ वटा प्रश्न सोधेपछि बयान सकिएको हो । भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहबरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले उनीसँग बयान लिएका थिए । बिहान ११ बजेदेखि बेलुका पौने ७ बजेसम्म बयान चलेको थियो । जोशीले अनुसन्धानका क्रममा सोधिएका प्रश्नको सहज जवाफ दिएका थिए । जिल्ला न्यायाधिवक्ता…
Read More
ओली नेतृत्व सरकारको १०० दिन पूरा

ओली नेतृत्व सरकारको १०० दिन पूरा

काठमाडौं,६ कात्तिक । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ। नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित असार ३० गते सरकार गठन भएको हो। सरकार गठनलगत्तै कांग्रेस र एमालेका नेताहरुले अब एक दिन पनि काम नगरी बस्ने छुट नभएको बताएका थिए। तर एक सय दिन हुँदासमेत सरकारले कुनै पनि क्षेत्रमा उत्साह ल्याउन सकेको छैन। दुई ठूला दलबीचको सहमतिसमेत कार्यान्वयनमा गएको छैन। गत असार १७ गते भएको सातबुँदे सहमति अनुसार सरकारले अर्थतन्त्र सुधार, परराष्ट्र सम्बन्धमा सुधारसँगै नागरिकलाई सेवा प्रवाह र बृहत्तर हितका…
Read More
४० रोपनी जग्गामा सयपत्री फूलखेती

४० रोपनी जग्गामा सयपत्री फूलखेती

तनहुँ,६ कात्तिक । किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । सयपत्री फूलखेतीलाई स्थानीय तहले पनि सहयोग गर्न थालेको छ । म्याग्देका तीन जनाले युवाले यसै वर्षदेखि पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका छन् । म्याग्दे गाउँपालिका–६ धैरेनीमा साढे दुई रोपनी जग्गामा स्थानीय युवा अक्षय श्रेष्ठ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले सयपत्री फूलखेती गर्नुभएको हो । म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक सयपत्री फूलखेती सुरु गरिएको अक्षयले बताउनुभयो । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको छ । उहाँले भन्नुभयो, “तिहारका बेला…
Read More
‘सडकमा बित्छ घरबारविहीनको रात’

‘सडकमा बित्छ घरबारविहीनको रात’

काठमाडौं,६ कात्तिक । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुईँमा कार्टुन र बोरा बिच्क्याएर उनी प्रायः खुला आकाशमुनि रात बिताउँछन् । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउँछन्। बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनीलाई आफू सडकमा आउनुको कारण एक वाक्यमा टुग्याउछन्। “चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो”, उनी भन्छन्, “घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुङ्गिन्छ ।” घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उनलाई । परिवार र आफन्तको लेखाजोखा उनले कहिल्यै गर्दैनन् । दिनमा भारी…
Read More
आज २०८१ कात्तिक ६ गते मंगलवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ कात्तिक ६ गते मंगलवार, यस्तो छ तपाईको राशिफल

चितवन,६ कात्तिक । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै न कुनै कुराले मनमा प्रसन्नता मिल्नेछ । शुभ कार्यमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । साँझमा अनावश्यक खर्च बढ्न सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्यले विभिन्न अवसर जुराउनेछ । सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कामको थालनी पनि हुन सक्छ । कर्कट (हि, हु, हे,…
Read More
रवि लामिछानेको बयान सुरु

रवि लामिछानेको बयान सुरु

पोखरा,५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले रविसँग बयान लिन थालेको हो। न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो । इकुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीइआबीले २६ भदौमा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।
Read More
नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन

नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन

काठमाडौँ, ५ कात्तिक । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक २ गतेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न समितिको गठन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । समितिको सदस्यहरुमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाजप्रसाद प्रधान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव…
Read More
रास्वपा कार्यकर्ताले कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक

रास्वपा कार्यकर्ताले कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक

पोखरा,५ कात्तिक ।  आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले आइतबार पोखरामा कुटपिट गरेका युवा आफ्नै पार्टीका पालिका संयोजक रहेको खुलेको छ । कार्यकर्ताले प्रर्दशनका क्रममा उनलाई घुसपैट गरेर आएको भन्दै कुटपिट गरी रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेललाई घाइते बनाएका छन्। उनी अहिले घरमै आराम गरिरहेका छन्। उनको ओठमा दुइटा टाँका लगाइएको छ। ओठ सुन्निएको छ। आइतबार दिउँसो आन्दोलनमा जाँदा खाएको कुटाइले अहिले पनि शरीर दुखिरहेको पौडेल बताउँछन्। ‘मैले त आफ्नै साथीहरूबाट कुटाइ खाएँ। हिजोको आन्दोलनमा मलाई ठूलो चोट लागेको ओठमा हो। धेरै नै रगत बगेछ,’ उनले भने, ‘अन्त पनि दुखेको छ, घरमै आराम गरिरहेको छु।’ आन्दोलनमा रविका पक्षबाट…
Read More