आज २०८१ साल कात्तिक ९ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल
चितवन,९ कात्तिक । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । खानपिनमा विचार गर्नुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कामको योजना बन्नेछ । चिताएको कामले तीव्रता लिनेछ । कृषि क्षेत्रको कार्य अघि बढ्नेछ । शेयर बजारबाट पनि लाभ मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चलाखीपूर्ण बोलीले काम सफल होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कर्कट (हि, हु, हे,…