नवदुर्गा पुजा समारोहको आयव्याय सार्वजनिक
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकमा आयोजना गरिएको नवदुर्गा पुजा समारोहको आयव्याय सार्वजनिक गरिएको छ । शान्ति ज्योति युवा समाजले वडा दसैंको अबसरमा आयोजना गरेको नवदुर्गा पुजा समारोहको आम्दानी खर्च सार्वजनिक गरेको हो । वडाध्यक्ष सोहेन्द्रराज खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा समाजका अध्यक्ष अशोक भूषालले आयव्याय सार्वजनिक गरेका हुन । पुजा समारोहका लागि १६८ जना दाताहरुबाट ४ लाख २१ हजार २५६ रुपैया संकलन भएको र पुजा समारोह सम्पन्न गर्न २ लाख ६९ हजार ७५६ रुपैया खर्च भएको अध्यक्ष भूषालले बताए । बचत भएको रकमबाट कार्यालय तथा सांस्कृतिक सामग्रीहरु खरिद गरिएको र त्यसलाई समाजको सम्पतीको रुपमा राखिएको उनले…