समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दसैँले प्रेरणा दिने संयोजक दाहालको विश्वास
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान जटिलतालाई चिरेर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैँजस्ता सांस्कृतिक पर्वले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । विजया दशमी २०८२ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन, र शोकलाई शक्तिमा बदल्न सहयोग गर्ने बताउनुभएको छ । उहाँले दसैँलगायत पर्वलाई सामाजिक एकता र अग्रगमनका पक्षमा सङ्कल्पसहित मनाउन आह्वान गर्नुभएको छ । जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दालाई सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा सिङ्गो मुलुक उभिएको जनाउँदै संयोजक दाहालले…