सिमरामा फेरि तनावः प्रहरी र जेनजी समूहबीच झडप भएपछि पुनः कर्फ्यू लगाइयो
बाराको सिमरामा आज पनि तनाब उत्पन्न भएको छ । बुधबारको घटनालाई लिएर आज (बिहीबार) फेरि तनाब बढेको हो । आज पनि जेनजी समूह र प्रहरीबीच झडपको स्थिति आएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार जेनजीका समूहले राजमार्ग बन्द गरेपछि खुलाउन गएका प्रहरीसँग झडप भएको थियो । स्थिति तनाबग्रस्त भएपछि सिमरामा फेरि कर्फ्यू आदेश जारी गरिएको छ । स्थिति थप बिग्रिन नदिन सीमित क्षेत्रमा कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । तर, बुधबारको तुलनामा कर्फ्यू सीमित क्षेत्रमा मात्रै कर्फ्यू आदेश जारी गरेको उनको भनाइ छ । बुधबार एमाले बाराले आयोजना गरेको मधेश प्रदेशस्तरीय जनजागरण सभालाई…