राजनीतिक कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग नर्गन आग्रह

राजनीतिक कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग नर्गन आग्रह

राजनीतिक कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग नर्गन आग्रह

जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलहरूलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यक्रममा आवतजावत गर्ने क्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया चरणबद्ध रूपमा अगाडि बढिरहेको सन्दर्भमा जिल्लामा शान्ति, सुरक्षा, अमनचयन कायम राख्न क्रियाशील राजनीतिक दल तथा दल निकट भ्रातृ सङ्गठनबाट सरकारी साधन प्रयोग गर्न आग्रह गरेको हो । साथै राजनीतिक दल तथा दल निकट भ्रातृ सङ्गठनबाट हुने सभा, सम्मेलनलगायत कार्यक्रम आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई अनुमति लिएर मात्र सञ्चालन गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले प्रतिनिधिसभा…
Read More
चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजीनामा दिनुभएको छ । आज विहान उपप्रमुख चित्रसेन अधिकारीलाई प्रमुख दाहालले राजीनाम पत्र बुझाउनु भएको हो । त्यसलगत्तै महानगरले दाहाललाइ औपचारिक बिदाइ गरेको छ । दाहाल आज चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराउदै हुनुहुन्छ । दाहाल ९ वर्ष महानगरको नेतृत्व गरेर बाहिरिनु भएको हो ।
Read More
एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवार बन्ने हुनुभएको छ । यसअघि बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका गुरुङलाई आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । गुरुङ विसं २०७४ मा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मुख्यमन्त्री बन्नुभएको थियो । विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुरुङले ३४ हजार ९६९ मत ल्याएर विजयी हुनुभएको थियो । यहाँ चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह छन् । नेकपाका तर्फबाट तामाङ उम्मेदवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि जिल्लाबाट ३६ वर्षीय हरिजङ्ग तामाङ उम्मेदवार बन्न लाग्नुभएको…
Read More
एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ

एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ । यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ । केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत्रको प्याकिङसमेत सम्पन्न…
Read More
प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२, ता ल्हो (घोडा वर्ष) को पावन अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व मनाइन्छ । यस पर्वमा तामाङ समुदायमा कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जनका साथ आपसमा खुसी आदानप्रदान गर्ने चलन छ । नेपालका तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायत आदिवासी जनजातिहरूले उल्लासपूर्वक यो पर्व मनाउछन् । सोनाम ल्होसारमा प्रर्दशन गरिने…
Read More
बब्लुले दिए मन्त्रीबाट राजीनामा

बब्लुले दिए मन्त्रीबाट राजीनामा

कात्तिक ९ गते मन्त्री भएका बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनी युवा तथा खेलकुद मन्त्री थिए । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् । राजीनामा बुझाएपनि आज बिदा भएकाले दर्ता हुन नपाएको उनले बताए । उनले भोलिसम्म दर्ता हुने अपेक्षा व्यक्त गरे ।
Read More
चिलीमा भीषण डढेलो: १८ को मृत्यु, दुई क्षेत्रमा संकटकाल घोषणा

चिलीमा भीषण डढेलो: १८ को मृत्यु, दुई क्षेत्रमा संकटकाल घोषणा

चिलीको मध्य र दक्षिणी क्षेत्रमा फैलिएको विनाशकारी वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ। राष्ट्रपति ग्याब्रिएल बोरिकले बायोबियो क्षेत्रको कन्सेप्सनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। तीव्र हावा र अत्यधिक गर्मीका कारण डढेलो अनियन्त्रित बनेपछि सरकारले नुब्ले र बायोबियो क्षेत्रमा संकटकाल घोषणा गरेको छ। डढेलोका कारण बायोबियो क्षेत्रमा मात्रै करिब ३०० घरहरू ध्वस्त भएका छन् भने देशभर यो संख्या एक हजार नाघ्न सक्ने अनुमान गरिएको छ। हालसम्म २४ हजार हेक्टरभन्दा बढी वन क्षेत्र सखाप भइसकेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पेन्को, नासिमिएन्टो र लाजा जस्ता नगरपालिकाहरूमा रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ। विपद्को…
Read More
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ र (मुस्ताङ—डोल्पा) सडकको साङ्ता गाउँ आसपासका क्षेत्रमा आशिंक मात्रै हिमपात भयो । तत्कालीन समयमा बेमौसममा परेको आशिंक हिमपातले त्यसक्षेत्रका किसानलाई योगदान दिन सकेन । हिउँदयामको मौसममा परेको हिउँ किसानका लागि बरदान सावित हुन्छ । अनुकूल समयमा हिउँ पर्‍यो भने अन्नबाली सप्रिने र उत्पादनसमेत वृद्धि हुने भए पनि यसवर्ष पनि पुस महिना कटिसक्दासमेत हिउँ पर्न सकेको छैन । अक्सर हिमाली क्षेत्रमा बर्सेनि पुस र माघ महिना हिउँ पर्छ भन्ने मान्यता रहेको छ । तर, पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण हिमाली क्षेत्रमा अनुकूल…
Read More
सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर २ लाख ८२ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज सोमबार तोडिएको हो । त्यस्तै , चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको…
Read More
सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले गत भदौ २४ गते सिंहदरबारसहित राष्ट्रका धरोहर जलाउनेहरूको हिसाबकिताब र खोजीनिती हुने बताएका छन् । आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश कमिटीले प्रदर्शनपछि आयोजना गरेको सभालाई सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताएका हुन् । ‘देश जलाउने लुसिफरहरु, दलालहरू हामीले चिनिसक्यौ’, बस्नेतले भने, ‘अब यसको हिसाबकिताब चुनावमार्फत हुन्छ ।’ नेता बस्नेतले यस पटकको चुनावमा गुगलमा बालेन र रवि भूगोलमा केपी ओली हुने दाबी गरे ।
Read More