जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ २३ भदौ  । दाङमा ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शान्तिनगर गाउँपालिका(१ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बाँके र चितवनबाट लागूऔषध सहित तीनलाई जना पक्राउ गरेको छ । जसमा बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित सुर्खेत गुर्भाकोट नगरपालिका-१२ बस्ने २५ वर्षीय सन्तोष सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतको रूपडिया बजारबाट नेपालगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-७ बुद्दचोक डेरा गरी बस्ने कालिका नगरपालिका-४ पदमपुर घर भएका २६ वर्षीय अनोज स्याङबोको कोठाबाट नियन्त्रित…
Read More
देशभर मनसुनी वायुको प्रभाव यथावत

देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौँ, २३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी प्रदेशको केही स्थान…
Read More
आज ऋषिपञ्चमी पर्व मनाइँदै

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौ, २३ भदौ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्छन् । हरितालिका (तिज)को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज…
Read More
रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत लम्साललाई निजामतीसेवा पुरस्कार

रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत लम्साललाई निजामतीसेवा पुरस्कार

रत्ननगर । रत्ननगर । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्साल निजामती सेवा पुरस्कार २०८१ वाट पुरस्कृत भएका छन् । नेपाल सरकारले गतबर्ष घोषणा गरेको सो पुरस्कार निजामती सेवा दिवसको अबसरमा शनिबार प्रमुख प्रशासकीय अधिकृत लम्साललाई प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपिशर्मा ओलीले सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका हुन् । नेपाल सरकारका उपसचिव समेत रहेका लम्साल विगत ८ महिना अघिदेखि रत्ननगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवारत छन् । २७ बर्ष अघि २०५४ साल भदौ १५ गतेबाट निजामती सेवामा प्रवेश गरेका लम्साल मुखिया, खरिदार हुँदै २०६६ सालमा खुल्ला प्रतिस्पर्धाबाट प्रशासन तर्फ शाखा अधिकृतमा नाम निकाल्न…
Read More
खावा सडक विस्तारः मालवाहक गाडी दुई दिन नचल्ने

खावा सडक विस्तारः मालवाहक गाडी दुई दिन नचल्ने

काभ्रेपलाञ्चोक, २२ भदौ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा आजदेखि थप दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन भक्तपुरस्थित सडक डिभिजन कार्यालयले शुक्रबार र शनिबार टिपर र मालबाहक गाडी सञ्चालनमा रोक लगाएको थियो । काठमाडौँको गौरीपार्वती निर्माण सेवा नामक निर्माण कम्पनीको लापरबाहीका कारण समयमै निर्माण सम्पन्न नहुँदा बर्खाको समयमा सडक जीर्ण भएर जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न आज र भोलि मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ । काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको स्वाशासित क्षेत्र तिब्बत जोड्ने तातोपानी नाका पुग्ने प्रमुख सडक यही हो । डिभिजन कार्यालयका प्रमुख मेघराज…
Read More
प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको छ । सिंहदरबारमा आज २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले १० उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ताम्रपत्रसहित पुरस्कृत गर्नुभएको हो । उत्कृष्ट कर्मचारीमा थानेश्वर गौतम, बुद्धबहादुर गुरुङ, कविन्द नेपाल, मानबहादुर खड्का, रामप्रसाद लम्साल, ढुण्डीराज लामिछाने, चन्द्रप्रसाद मिश्र, सुनिलकुमार केसी, लक्ष्मीकृष्ण हमाल र शुभलक्ष्मी लामा हुनुहुन्छ । उक्त पुरस्कार रु एक लाख राशिको रहेको छ । प्रधानमन्त्री ओलीले निजामती सेवा…
Read More
वरदान बन्यो राष्ट्रिय गौरवको आयोजना

वरदान बन्यो राष्ट्रिय गौरवको आयोजना

भजनी, २२ भदौ । डेढ दशक अगाडि सुरु भएको राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको म्याद सकिन १० महिना बाँकी छ । नेपाल सरकार र विश्व बैंकको साझेदारीमा आव २०६६/६७ सालदेखि सुरु भएको आयोजनाले कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानको परम्परागत सिँचाइ प्रणालीलाई विस्थापित गर्दै आधुनिक र १२औं महिना सिँचाइको पहुँचमा पु¥याउने उद्देश्य राखेको थियो । त्यसैअनुसार किसानले अहिले आयोजनाबाट प्रत्यक्ष लाभ लिइरहेका पनि छन् । कूल १४ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको आयोजना विश्व बैंकसँगको सम्झौताअनुसार चालु आर्थिक वर्षको असारमा सम्पन्न हुँदैछ । म्याद सकिन १० महिना मात्रै बाँकी रहँदा आयोजनाको प्रगति भने…
Read More
भरतपुरमा ड्रीम्स कलेज संचालन, एक करोड बराबरको छात्रवृत्ति घोषणा

भरतपुरमा ड्रीम्स कलेज संचालन, एक करोड बराबरको छात्रवृत्ति घोषणा

भरतपुर,भदौ २२ - चितवनको भरतपुर-१० हाकिम चोक स्थित टि आर कम्प्लेक्समा अत्याधुनिक सुविधा सहितको ड्रीम्स कलेज संचालनमा आएको छ। सुदुर पश्चिमान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज भरतपुरको हाकिमचोक स्थित टिआर कम्लेक्समा यस बर्षदेखि सञ्चालनमा आएको हो । कलेजले यस बर्षदेखि स्नातक तहमा बीएससी सीएसआईटी संकायको कार्यक्रम अध्यापन गराउने कलेजका प्रीन्सिपल ई.दिवस मैनालीले बताउनुभएको छ । कलेजले व्यवहारिक,सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको उहाँले बताउनुभयो । सो संकायको कार्यक्रमबाट विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य,सक्षम र सफल बनाउने विश्वास कलेजले लिएको कलेजका प्रिन्सिपल मैनालिले बताउनुभयो । उहाँका अनुसार कलेजमा विद्यार्थी अनुकुल वातावरणमा अध्यापन गराइने छ…
Read More
रिलेशन तिज उत्सव : रेडियोको आगनीमा दिदीबहिनीको तिज

रिलेशन तिज उत्सव : रेडियोको आगनीमा दिदीबहिनीको तिज

रत्ननगर । रिलेशन एफएम ८८ मेघाहर्जको आगनीमा महिला दिदीबहिनीहरुले तिज मनाएका छन् । हरितालिका तिजको दिन आयोजना गरिएको रिलेशन तिज उत्सवमा सहर तथा गाउँबाट आएका महिलाहरुले रेडियोको आगनीलाई माईतीको आगनी सम्झेर तीजको भाखामा छमछमी नाचेका हुन । राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहेको तिज उत्सवमा महिला दिदीबहिनहरु मौलिक तिज गीतमा नाचे र एकआपसमा शुभकामना साटासाट गरे । औपचारिक कार्यक्रमलाई पृथकता दिन खोजिएको उक्त कार्यक्रममा भाषण गरिएन । रिलेशन एमएमका अध्यक्ष अनिल अधिकारीले तीजको कार्यक्रममा भाषण गर्ने परम्पराको अन्त्य गर्दै विशुद्ध मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले नयाँ ढंगले कार्यक्रम गरिएको बताए । तीजको मौलिकता जोगाउने र रिलेशनलाई चेलीको आगनीको रुपमा विकास गर्ने गरि…
Read More