विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री ओली

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री ओली

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री ओली

न्युयोर्क,११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५स्३० बजे महासभामा सम्बोधन गरे । उनले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे। सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले…
Read More
आज २०८१ साल असोज ११ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज ११ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

चितवन, ११ असोज । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ र बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ…
Read More
आज विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइदै

आज विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं, ११ असोज । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागेका हुन् । दिवस भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…
Read More
झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

झुवानीमा जितियाकाे राैनक : संस्कृति जाेगाएका छ जना सम्मानित

रत्नगगर । थारु महिलाहरुकाे पर्व जितियाकाे अबसरमा झुवानीका छ जना थारु समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरिएकाे छ । रत्ननगर वडा नं ५ झुवानी सम्पूर्ण गाउँ समुदायकाे नाममा गरिएकाे एक औ पचारिक कार्यक्रममा थारु संस्कृति संरक्षणमा याेगदान गरेका छ जनालाई सम्मान गरिएकाे स्थानीय मनुवा महताेले जानकारी दिए । स्थानीय ७५ बर्षीय टुहुरा महताे, ८७ बर्षीय हठु महताे, ७० बर्षीय हरिराम महताे, ७० बर्षीय पाकुराम महताे, ८७ बर्षीय सुखल महताे र ७२ बर्षीय पाहुन महताेलाई सम्मान गरिएकाे हाे । जितियाकाे अन्तिम दिन झुवानीचाेकमा विशेष कार्यक्रम आयाेजना गरिएकाे हाे । कार्यक्रममा थारु महिलाहरुले संस्कृतिक पाेसाकमा झाम्टा पारेकाे कार्यक्रम संयाेजक रिस्मा चाैधरीले जानकारी दिइन…
Read More
कोशीमा खसेको बसबाट १२ जनाको सकुशल उद्धार, दुई जना बेपत्ता

कोशीमा खसेको बसबाट १२ जनाको सकुशल उद्धार, दुई जना बेपत्ता

चितवन, असोज १0। सप्तकोशीमा खसेको बसबाट १२ जनाको सकुशल उद्दार गरिएको छ। विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीमा खसेको थियो। सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको बसबाट १२ जनालाई सकुशल बाहिर निकालिएको सुनसरी प्रहरीका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए। बसमा सवार थप दुई जनाको अवस्था भने अज्ञात रहेको र उनीहरुको खोजी भइरहेको भण्डारीको भनाइ छ।
Read More
सुस्तावासीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट

सुस्तावासीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट

काठमाडौँ,१० असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवलपरासीको ९बर्दघाट सुस्ता पश्चिम० क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल तथा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले विद्युत् जडान भएका सुस्ता पश्चिमका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्धगरी एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट…
Read More
उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइ अलर्टमा रहन सूचना जारी

उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइ अलर्टमा रहन सूचना जारी

चितवन,१० असोज । आजदेखि मौसम बदली भई भारी वर्षाका हुने र त्यसबाट देशका ५६ जिल्ला उच्च जोखिममा रहेको सूचना जारी भएलगत्तै असोज ११ र १२ गते उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा रात्रीकालीन बस नचलाइने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विशेष सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। जल तथा मौसम विज्ञान विभागबाट उच्च जोखिम भनेर तोकिएका ५६ जिल्लामा विपद्का घटना बढ्न सक्ने भएकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयअनुसार धान नकाट्न, काटिसकेको भए तत्काल थन्क्याउन पनि प्राधिकरणले अनुरोध गरेको छ। त्यस्तै तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि आग्रह…
Read More
‘विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ’

‘विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ’

न्यूयोर्क, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रममा यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको धारणा राखे। उनले विज्ञान र प्रविधिमा व्यापक सुधार आए पनि अल्पविकसित मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रका चुनौती सामना गर्नु परिरहेको बताए। ‘धनी र गरिब मुलुकका बीच स्वास्थ्य सेवा र पूर्वाधारमा असमानता रहेको छ। आर्थिक कठिनाइका कारण गरिब मुलुकका जनताले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्’, उनले भने,…
Read More
आजदेखि चार दिन आरीघोप्टे वर्षाको सम्भावना, चितवनलगायत ५६ जिल्ला ‘रेड जोन’मा

आजदेखि चार दिन आरीघोप्टे वर्षाको सम्भावना, चितवनलगायत ५६ जिल्ला ‘रेड जोन’मा

काठमाडौं,१० असोज । दसैँ नजिकिँदै गर्दा मनसुन थप सक्रिय बनेकाे छ । आजदेखि देशभरको मौसम बदली भएर असोजमा पनि झरी पर्ने भएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुने छ । विभागले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि आरीघोप्टे वर्षासम्म भएर त्यसले ५६ जिल्लामा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण आज दिउँसोदेखि असोज १३ (आइतबार)सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि…
Read More
आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

ठमाडौँका,९ असोज । आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माइतीघरमण्डलामा प्रदर्शन गरेका छन् । ‘एशिया दलित राइटस् फोरम’को आयोजनामा भएको उक्त प्रदर्शनमा दलित समुदायलाई आर्थिकरुपमा सबल बनाउन राज्यले प्रभावकारी नीति र योजना ल्याउनुपर्ने माग राखिएको छ । प्रदर्शनमा एशिया दलित अधिकार मञ्चका महासचिव भक्त विश्वकर्माले सामाजिक न्यायबिना आर्थिक समानता सम्भव नहुने र सामाजिक सुरक्षा, स्वास्थ्यको अधिकार, वातावरणीय न्याय, जातीय विभेदको अन्त्य नभएको भन्दै दलित समुदायको अधिकारका लागि एकीकृत आन्दोलन आवश्यक रहेको बताउनुभयो । प्रदर्शन कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका कार्यक्रम व्यवस्थापक अभिषेक साह, जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्मा, दलित सेवा सङ्घका सञ्जुसिंह…
Read More