सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

सिन्धुली,१३ असोज । पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई बिरामीको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए । भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।
Read More
चितवनबाट छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला

चितवनबाट छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला

भरतपुर,१३ असार । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला परेको छ । झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा आज (आइतबार) सुरक्षाकर्मीले माइक्रोबसका १२ जनाको शव फेला पारेको प्रालिका अध्यक्ष नर बहादुर रानाले जानकारी दिनुभयो । असोज ११ गते शुक्रबार दिउसो करिब २ बजे मनकामना माई यातायात प्रा.लि. मार्फत संचालित बा २ ख १३४५ नम्बरको बस सम्पर्क बिहिन भएको थियो । काउन्टरबाट चलानी नबनाई बाहिरबाहिरबाटै यात्रु चढाएर माइक्रोबस काठमाडौका लागि छुटेको र प्रत्यक्षदर्शीहरुका अनुसार माइक्रोबसमा चालक सहचालकसहित १७ जना रहेको बुझिएको रानाले जानकारी दिनुभयो । ‘शुक्रबार चितवनबाट काठमाडौको लागि छुटेको माइक्रोबस पनि भेटिएको छैन, चालक, सहचालक पनि…
Read More
बाढीपहिरोबाट ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता

बाढीपहिरोबाट ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता

काठमाडौं,१३ असोज । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ। शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३…
Read More
अपडेट विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

अपडेट विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

काठमाडौँ,१२ असोज । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १,…
Read More
कोशी ब्यारेजका सबै ढोका खोलियो

कोशी ब्यारेजका सबै ढोका खोलियो

काठमाडौं, १२ असोज । निरन्तर वर्षाले जलसतह बढेपछि कोशी ब्यारेजका सबै (५६ वटै) ढोका खोलिएको छ। ब्यारेजमा बिहान ७ बजे तीन लाख ८१ हजार ८४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । ८ बजे चार लाख १८ हजार २८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको संकेत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ…
Read More
देवघाटमा थप नौ जनाको उद्दार

देवघाटमा थप नौ जनाको उद्दार

चितवन,१२ असोज । त्रिशूली नदीमा आएको बाढी धर्मशालामा पसेपछि भरतपुर महानगरपालिका–१ देवघाटबाट थप नौ जनाको उद्दार गरिएको छ । हरिकिर्तन चोक धर्मशालाबाट सात जना र शिव मन्दिरबाट दुई जनाको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यसअघि यहाँ सय जनाको उद्दार गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुको उद्दार गरेको हो ।
Read More
चितवनको पाँच स्थानमा भारी वर्षा रेकर्ड, नारायणीले देवघाटमा नाघ्यो खतराको तह

चितवनको पाँच स्थानमा भारी वर्षा रेकर्ड, नारायणीले देवघाटमा नाघ्यो खतराको तह

चितवन,१२ असोज । चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण नारायणी लगायतका विभिन्न नदी र खोलाहरुमा ठूलो बाढी आएके छ । पछिल्लो २४ घण्टामा चितवनको त्रिशूली नदीको कालीखोलामा २७६.२ मिलिमिटर, कल्याणपुरमा २९१ मिलिमिटर, शक्तिखोरमा २३१.८ मिलिमिटर, नारायणी फिल्ड अफिस आसपास २४७.४ मिलिमिटर, झुवानीमा २३८ मिलिमिटर र देवघाटमा २४४.२ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । नारायणी नदीले देवघाटमा खतराको तह नाघेको छ भने जलसतह अझै बढ्दो क्रममा छ । यहाँ जलसतह ९ मिटरलाई खतराको तह मानिन्छ ।…
Read More
सौराहामा पर्यटन दिवस लक्की ड्र मार्फत पर्यटकहरुलाई निशुःल्क रात्रीभोज

सौराहामा पर्यटन दिवस लक्की ड्र मार्फत पर्यटकहरुलाई निशुःल्क रात्रीभोज

चितवन : मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहामा विश्व पर्यटन दिवसको अवसरमा भव्य रुपमा पर्यटकलाई स्वागत गरिएको छ। सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज लक्की ड्र मार्फत पर्यटकहरुलाई निशुःल्क रात्रीभोजको कूपन हस्तान्तरण गर्दै स्वागत गरेका छन् । स्थलमार्ग हुदै दुई पर्यटक बस मार्फत यात्रा गर्दै सौराहा आएका ६० जना पर्यटकलाई क्षेत्रिय होटल संघ सौराहा र रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहाको अगुवामा सौराहाकै छत्री स्टिटमा रुद्राक्षे माला र थारु सास्कृति नाँचसहित स्वागत गरिएको थियो । सो अवसरमा ६० मध्ये ३० जना पर्यटकलाई सौराहाको नम्बर वान रेष्टुरेन्ट केसिज रेष्टुरेन्टमा लक्की ड मार्फत निशुःल्क रात्रीभोजको व्यवस्था गरेको क्षेत्रिय होटल संघका…
Read More
पेवा साकोसको पिठुवा सेवा केन्द्र केन्द्रीत साधारण सभा

पेवा साकोसको पिठुवा सेवा केन्द्र केन्द्रीत साधारण सभा

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार पिठुवा सेवा केन्द्रमा १२ औं बार्षिक साधारण सभा गरेको छ । रत्ननगर वडा नं १४, १५ र १६ का शेयर सदस्यहरुलाई केन्द्रीत गरी साधारण सभा गरिएको हो । वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष नवराज तिमल्सिनाले बार्षिक प्रगति प्रतिवेदन, वित्तीय विवरण सहित संस्थाको भावि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सा अबसरमा उनले शेयर सदस्यको हितलाई केन्द्रमा राखेर सहकारीले आफ्ना गतिविधि अगाडि बढाएको भन्दै सामाजिक उत्तरदायित्व स्वरुप सामाजिक काम समेग गर्दैै आएको बताए…
Read More
अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह

अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह

काठमाडौं,११ असोज । काठमाडौं महानगरपालिकाले अविरल वर्षाका बीच आवश्यक सतर्कता अपनाउन र विपद् सामनाका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ । उपत्यकामा बिहीबार रातिदेखि लगातार भइरहेको वर्षा र वर्षाका कारण हुन सक्ने सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । महानगरपालिकाले शुक्रबार दिउँसो सूचना जारी गर्दै भनेको छ, ‘नियमित झरी र समय समयमा भारी वर्षा भई रहेकोले काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको छ । यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको छ ।’ सार्वजनिक सूचनामा नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजानसमेत सचेत गराएको छ । ‘नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔँ ।…
Read More