पर्वत कारागारले फरार कैदीबन्दी एक साताभित्र फर्किन निर्देशन
जिल्ला कारागार पर्वतबाट गत भदौ २४ गतेदेखि फरार भएका आठ जना कैदीबन्दी अझै कारागार नफर्किएकाले कारागार प्रशासनले एक साताभित्र फर्किन निर्देशन दिएको छ । कारागारबाट भागेका १९ मध्ये ११ जना फर्किए पनि आठ जना अझै सम्पर्कविहीन भएकाले फरार बन्दी खोजी तथा पक्राउ कार्यदलले सूचना जारी गरी एकसाताभित्र फर्किन निर्देशन दिएको हो । कार्यदलले आइतबार सूचना जारी गर्दै यही असोज २० गतेभित्र कारागार फर्किन सूचना जारी गरेको हो । कार्यदलले फरार कैदीबन्दीको नामावलीसहित सार्वजनिक सूचना जारी गरेको छ । तोकिएको समयसीमाभित्र नफर्किए कारागार ऐन तथा प्रचलित कानुनअनुसार कानुनी कारबाही गरिने चेतावनी दिइएको छ । बर्दिया घर भई कुश्मा नगरपालिका-७ खरेहा बस्ने…