राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानको जिल्ला समिति पुनर्गठन
भरतपुर २४ भाद्र, । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको चितवन जिल्ला समिति पुनर्गठन गरिएको छ । प्रतिष्ठानले आज भरतपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी समिति पुनर्गठन गरेको हो । विक्रम सम्वत २०६७ सालमा स्थापना भएको सो प्रतिष्ठानको तत्कालिन समयका अध्यक्ष टिकाराम शर्मा लामिछानेकै अध्यक्षतामा पुनः कार्यसमिति गठन गरिएको हो । नवगठित ३५ सदस्यीय समितिमा खुल्ला उपाध्यक्षमा वेदप्रसाद आचार्य, महिला उपाध्यक्षमा रश्मी ईटनी काप्री, सचिवमा उद्धव अर्याल, सह–सचिवमा रामु आचार्य, कोषाध्यक्षमा हिमाल खनाल, सह–कोषाध्यक्षमा डाशिराम ढकाल त्यस्तै सदस्यहरुमा सीता कंडेल, प्रदिप सापकोटा, प्रकाशमणि सापकोटा, मेघराज अधिकारी, लक्ष्मी रेग्मी खरेल, मंजु पौडेल गौतम, विनु सुवेदी, विक्रम लम्साल, राजेन्द्र हमाल, कृष्ण पन्त,…