नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (माघ १९) तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार (माघ १८) सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।
चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् । खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन् । आमा निशा महतो (चौधरी) को नामबाट दुई युवाले नागरिकता प्राप्त गरेका हुन । उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐन र नियमावलीमा पछिल्लो संशोधनपछि जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको हो । उहाँले भन्नुभयो “महतो आँखा नदेख्ने भएकाले कर्मचारीको सक्रियतामा दाजुभाइलाई नागरिकता दिइएको हो ।” बाबुको सम्पर्क नभएकाले आमाले रेखदेख गर्दै आएका छोराछोरीलाई पहिलो पटक नागरिकता दिन पाउँदा आफू र आफ्ना कर्मचारीको टोली हर्षित भएको उहाँले बताउनुभयो । नागरिकता…
नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुर(सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै उक्त प्रदेशको आर्थिकवृद्धिमा मद्दत पुग्ने विश्वास गर्नुभयो । उहाँले विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट कर्णाली प्रदेशमा विद्युत् आपूर्ति भइ ओभरलोड हुने, छिनछिनमा बत्ती गइरहने र लो(भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुने बताउनुभयो । आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरुले सबैभन्दा बढी विद्युत् उद्योगमा खर्च हुन सक्ने उहाँको भनाइ छ । पुसको तेस्रो साता स्थलगत अवलोकन गरेर कार्यकारी निर्देशक शाक्यले आयेजनाबाट छिटो चार्ज गराउने गरी…
कञ्चनपुरमा जंगलमा एक युवतीको शव फेला परेको छ। कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ। भीमदत्त नगरपालिका–१० स्थित तिल्केनी शान्ति सामुदायिक वनभित्र शनिबार दिउँसो सड्न थालेको अवस्थामा युवतीको शव फेला परेको हो। जिल्ला प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र थापाले शव पोष्टमर्टमका लागि शनिबार नै महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको बताए। सड्दै गरेको शवको प्रकृति हेर्दा केही दिन पहिले नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।थापाका अनुसार अन्दाजी २५/२६ वर्ष जस्तो देखिने ती युवतीको पहिचान खुलिसकेको छैन। युवतीको हत्या आशंका गरिएको छ। तर, पोष्टमर्टम रिपोर्टपछि मात्रै यकिनका साथ भन्न सकिने प्रहरी निरीक्षक थापाले बताए। शवको पहिचान गर्ने…
बलिउडका चर्चित फिल्म निर्देशक रोहित शेट्टीको घरबाहिर गोली चलेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आज (आइतबार) बिहानै महाराष्ट्रको मुम्बईमा रहेको रोहितको घरबाहिर चार राउन्ड गोली चलेको हो।मुम्बई प्रहरीले अज्ञात आक्रमणकारीहरूले चार राउन्ड गोली हानेपछि जुहुस्थित रोहित शेट्टीको घरवरिपरि सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिएको छ । शेट्टीको घरबाहिर गोली हान्ने आक्रमणकारीहरूको पहिचान गर्न प्रहरीले हरेक कोणबाट अनुसन्धान गरिरहेको छ। यसअघि सलमान खानलगायत अन्य बलिउड सेलिब्रिटीका घरमा पनि गोली हानिएका छन्।
चलचित्र पत्ररका संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ः४५ बजे निधन भएको जानकारी दिएको हो ।अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।
नेपाली राजनीतिको रङ्गमञ्च सधैँ उतारचढाव, षड्यन्त्र, र पदको छिनाझपटीले भरिएको हुन्छ। यहाँ सत्ताका लागि गरिने ‘अपवित्र गठबन्धन’ सामान्य मानिन्छन्, तर एउटै पार्टीभित्रका दुई समान हैसियतका नेताबीचको आत्मीयता भने निकै दुर्लभ घटना हो। राजनीतिमा भनिन्छ,”कोही स्थायी शत्रु हुँदैनन्, कोही स्थायी मित्र हुँदैनन्।” तर, नेपाली कांग्रेसका दुई खम्बा— गगन थापा र विश्वप्रकाश शर्माको सम्बन्धले यो पुरानो मानकलाई चुनौती दिँदै एउटा नयाँ मानक स्थापित गरेको छ। उनीहरूको सम्बन्ध केवल राजनीतिक समीकरण मात्र होइन, यो त एउटा सहयात्रा हो, जहाँ ‘म’ भन्दा ‘हामी’ र ‘हामी’ भन्दा ‘देश’ ठूलो हुन्छ। मैले केही समयअघि एउटा टेलिभिजन अन्तर्वार्तामा विश्वप्रकाश शर्मालाई सुनेको थिएँ। उनी निकै शान्त र दृढ…
निर्वाचन आचारसंहिताको पालाना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व भएकोमा जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन तथा आपूर्ति व्यवस्थापन विषयमा सम्बद्ध निकायबीच आज आयोजित संयुक्त बैठक एवम् अन्तक्र्रियामा वक्ताहरूले निर्वाचन सफल बनाउन आचारसंहिताको पालना एवम् प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिए । कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचन लोकतन्त्रको मुख्य मेरुदण्ड भएका कारण आचारसंहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचनलाई निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न बनाउन सकिने बताउनुभयो । उहाँले “आचारसंहिताको प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व भएकाले यो दायित्वलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।” कास्की जिल्लामा निर्वाचन…
राष्ट्रिय जनमुक्ति पार्टीले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रूपन्देहीको मङ्गलापुरस्थित पार्टीको जिल्ला कार्यालयमा आज पत्रकार सम्मेलन गरी चुनावी घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा सङ्घीयता, शासकीय स्वरुप, औद्योगिक विकास तथा रोजगार, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यलगायत विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । विगतका निर्वाचनमा जारी गरेका घोषणापत्रको समेत स्वामित्व लिने प्रतिबद्धतासहित भ्रष्टाचारलाई देशद्रोह सरह घोषणा गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सबै नेपालीको स्वास्थ्य बिमालगायत विषय पार्टीको नीति रहेको उल्लेख छ । पार्टी अध्यक्ष केशवबहादुर थापा सूर्यवंशीले पार्टीले स्थापनाकालदेखि भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै भ्रष्टाचार राज्यद्रोह सरहको अपराध घोषणा…
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलित, आदिवासी, मधेसी र मुस्लिम महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् । अधिकांशले स्वतन्त्र तथा साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरु चर्चामा छैनन् । सञ्चारमाध्यममा पनि मधेसी महिला उम्मेदवारहरुले स्थान पाउन नसकेको गुनासो छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ कूल ३८८ महिलाले उम्मेदवारी दिएका छन् । तीमध्ये १५७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैगरी मधेस प्रदेशबाट ६८ जना स्वतन्त्रसहित ११० जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । मधेस प्रदेशका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । तीमध्ये पर्सामा सात जना स्वतन्त्रसहित १२, बारामा १० जना स्वतन्त्रसहित १६, रौतहटमा…