चितवनमा एकैघरका पाँच जनाले जंगली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भिर विरामी
चितवन, जेठ १- चितवनको पहाडी गाउँमा जंगली च्याउ खादा एक जनाको मृत्यु भएको छ । जिल्लाको पहाडी क्षेत्र इच्छाकामना-१ कुलबाङकि ६ वर्षकी नमुना चेपाङको च्याउ खादा आज (शुक्रबार) बिहान घरमै मृत्यु भएको हो । उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । उनको शव भरतपुर अस्पताल ल्याइदै छ । च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी परेका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । उनीहरू तिनै जना एकै परिवारका हुन् । सजन हात्तीबाङ स्कुलमा कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत छन् । गत मंगलबार च्याउ खाएका उनीहरु बिरामी हुँदा…