शिवमको हत्या आरोपमा ‘खुनी दरिन्दे’ समूह पक्राउ
वीरगन्जमा एक जना पुरूषको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूलाई वीरगन्ज महानगरपालिका-१० बस्ने २० वर्षीय गोल्डेन भनिने शिवम साह कानुको हत्या आरोपमा पक्राउ गरिएको हो। बाराको परवानीपुर गाउँपालिका-९ घर भएका शिवमको असोज १४ गते मध्यराति कुटपिट गरी हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय गौतम पटेल, २० वर्षीय शुभांकर चौरसिया, २२ वर्षीय अमिरी भन्ने करणप्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा छन्। उनीहरूले आफूलाई आपराधिक समूह 'खुनी दरिन्दे' को सदस्य भएको बताएका छन्। उनीहरूले आफूहरूले कुरा गर्ने ह्वाट्सएप ग्रुपको नाम पनि खुनी दरिन्दे राखेको पाइएको छ। वीरगन्ज-२४ रामगढवाका उनीहरू पहिल्यैदेखि आपराधिक गतिविधिमा संलग्न भएको…