चितवन निकुञ्जमा एक वर्षमै ३७ करोड राजश्व सङ्कलन

चितवन निकुञ्जमा एक वर्षमै ३७ करोड राजश्व सङ्कलन

चितवन निकुञ्जमा एक वर्षमै ३७ करोड राजश्व सङ्कलन

चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ३६ करोड ७२ लाख ९२ हजार ८०७ रूपैयाँ राजस्व सङ्कलन गरेको छ । मासिक तथ्याङ्क केलाउँदा साउनमा एक करोड पाँच लाख ३२ हजार ४३, भदौमा एक करोड ७२ लाख २५ हजार ५९४, असोजमा दुई करोड ५१ लाख ८० हजार ७६ र कात्तिकमा चार करोड ५९ लाख ९२ हजार २३६ रूपैयाँ राजस्व सङ्कलन भएको देखिन्छ । मङ्सिरमा चार करोड ५७ लाख ६१ हजार ५२४, पुसमा दुई करोड ८० लाख १३ हजार ९४५, माघमा दुई करोड १९ लाख ५६ हजार ७१४ र फागुनमा तीन करोड ५१ लाख ४९ हजार ८८५ रूपैयाँ राजस्व…
Read More
चितवनमा अस्पताल भवनबाट हामफालेका विरामीकाे मृत्यू

चितवनमा अस्पताल भवनबाट हामफालेका विरामीकाे मृत्यू

चितवन । पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् । मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।
Read More
सिमलताल दुर्घटना : १९ वटा शव भेटियाे, १४ जनाको सनाखत, ४३ जना अझै बेपत्ता

सिमलताल दुर्घटना : १९ वटा शव भेटियाे, १४ जनाको सनाखत, ४३ जना अझै बेपत्ता

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव भेटिएकाे भएको छ । भेटिएका मध्ये १४ जनाको सनाखत भएको छ भने पाँच जनाको पहिचान खुल्न सकेको छैन । अहिलेसम्म भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बाराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ। यस्तै, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ। गत असार २८ गते शुक्रबार…
Read More
नवलपुरमा ट्रक दुर्घटनामा तीन जना घाइते

नवलपुरमा ट्रक दुर्घटनामा तीन जना घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरको मध्यविन्दु नगरपालिका ७ मा बा. प्र. ०३–००१ ख १४२० नम्बरको ट्रक गएराति दुर्घटना हुँदा ट्रकमा सवार ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार रुपन्देहीबाट कागज लोड गरेर काठमाडौंको लागि हिडेको ट्रक सडक देखि १० मिटर तल खसेको थियो । दुर्घटनामा परी ट्रक चालक धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ४ निवासी २६ बर्षीय अमृत ढुंगाना, निजकी श्रीमती २० बर्षीय कल्पना ढुंगाना र ट्रक सहचालक नवलपरासीको बर्दघाट नगरपालिका ४ निवासी २६ बर्षीय बसन्त घर्ती मगर घाइते भएका छन् । घाइते मध्ये चालक र सह चालक मध्यविन्दु जिल्ला अस्पतालमा उपचार…
Read More
नवलपुरमा कुलोमा डुबेर महिलाको मृत्यु

नवलपुरमा कुलोमा डुबेर महिलाको मृत्यु

नवलपरासी । नवलपुरको सिचाई कुलोमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका ८ आँपटारी निवासी ३२ बर्षीय महिला गंगा विकको नहरको कुलोमा डुबेर मृत्यु भएको हो । विहान साढे ५ बजेतिर घर नजिकैको नहरको कुलामो डुबिरहेको अवस्थामा देखेर उपचारका लागि दुम्कौली नगर अस्पताल देवचुलीमा लगिएकोमा उनको विहान पौने ७ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि राखिएको छ ।
Read More
सिमलताल दुर्घटनामा बेपत्ताको खोजीमा सहयोग गर्न एमालेको आह्वान

सिमलताल दुर्घटनामा बेपत्ताको खोजीमा सहयोग गर्न एमालेको आह्वान

चितवन । नेकपा (एमाले) जिल्ला कमिटी चितवनले विज्ञप्ति जारी गरी भरतपुर–२९ स्थित सिमलतालमा गत शुक्रबार पहिरोमा परी दुई बसका ६३ बेपत्ता यात्रुमध्ये छैठौँ दिनसम्म केहीको बाहेक ४५ जनाको अवस्था पत्ता लाग्न नसकेको विषयले मर्माहत बनाएको जनाएको छ । बेपत्ता यात्रुको लास वा सास फेला पर्न नसक्नुको पीडा आफन्तजनसँगै नेकपा एमाले सिङ्गो पार्टी पंक्तिलाई पनि परेको जनाउँदै कार्यवाहक अध्यक्ष श्यामकुमार विष्टले यस दुःखद दुर्घटनाबाट आहत बनाएको वेदनामा समवेदना प्रकट गरेका छन् । उनले नारायणी नदीमा पानीको बहाव घटेसँगै बेपत्ता यात्रुहरुको शव यत्रतत्र देखिन थालेका छन् । शवको खोजी कार्यमा सुरक्षा निकायलाई सहयोग गर्न जिल्ला कमिटी चितवन नारायणी नदीको दुवै तटीय क्षेत्रमा…
Read More
खैरहनी वडा नं ५ र ७ को वडा कार्यालय भवन उद्घाटन

खैरहनी वडा नं ५ र ७ को वडा कार्यालय भवन उद्घाटन

खैरहनी । खैरहनी नगरपालिका वडा नम्बर ५ र ७ को नवनिर्मित वडा कार्यालय भवन बुधबार एकै दिन उद्घाटन गरिएको छ । अघिल्लो जनप्रतिनिधिको कार्यकालमा वडा नम्बर १,३,४,८,९ र ११ को भवन बनेपनी यी दुई वडाको आफ्नै भवन बन्न सकेको थिएन । वर्तमान जनप्रतिनिधि आएपछि यी दुई वडा ५ र ७ को कार्यालय भवन निर्माण गरिएको हो । वडा नम्बर ५ को कार्यालय यसअघि तत्कालीन दुर्गा मन्दिर आधारभूत विद्यालयको भवनबाट सेवा दिदै आएको थियो । त्यो विद्यालय मर्ज भएपछि वडा कार्यालय त्यही थियो । अघिल्लो जनप्रतिनिधिको कार्यकालमा वडा नम्बर ६ र वडा नम्बर ७ को कार्यालयबाटै संचालनमा आएपनी वर्तमान जनप्रतिनिधि आएपछि…
Read More
बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया

बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया

सौराहा । रत्ननगर नगरपालिका वडा नं.६ मा रहेकाे बछौली माविमा बार्षिक बजेट निर्माण तथा शैक्षिक गुणस्तरवृद्धिका लागि सुझाव संकलन एवम् अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । रत्ननगर नगरपालिका भित्रका वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरु बीच शैक्षिक सुधारका लागि अन्तर्क्रिया गरिएको हो । विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवाला बीच छलफल गरि आगामी आर्थिक वर्षको नीति तथा योजना निर्माण तथा शैक्षिक सुधारमा जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी प्राप्त गर्नका  लागि कार्यक्रम गरिएको रत्ननगर ६ का वडा अध्यक्ष किरण महतोले जानकारी दिए । समग्र शिक्षा प्रणालीको विकासको लागि वडा कार्यालय निरन्तर लागिरहेको साथै बालबालिकाहरुको चौतर्फी विकास, बालमैत्री सिकाई र…
Read More
सिमलताल दुर्घटनाः कार्यदलले लियो सरोकारवालाको सुझाव

सिमलताल दुर्घटनाः कार्यदलले लियो सरोकारवालाको सुझाव

चितवन । सिमलताल बस दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलले चितवन आएर घटनास्थलको निरीक्षण गर्नुको साथै सरोकारवालाहरुको सुझाव लिएको छ । सिमलतालको पहिरो र दुर्घटना भएको स्थानको स्थलगत निरीक्षण पश्चात जिल्ला प्रशासन कार्यालय चितवनको सभाहलमा अन्तरक्रिया गरिएको थियो । गृहमन्त्री रमेश लेखकले सिमलताल दुर्घटनाको अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा छ सदस्यिय कार्यदल गठन गरेका थिए । कार्यदलले घटना हुनुको कारण र आगामी दिनमा त्यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायसम्बन्धमा सुझाव संकलन गर्नुका साथै बसमा सवार यात्रुका परिवारलाई राहत उपलब्ध गराउने सन्दर्भमा पनि अध्ययन गर्नेछ । गत असार २८ गते सिमलतालमा खसेको लेदोसहितको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली…
Read More
चितवनमा रेलमार्गको सर्भे गर्न आएको टोलीको गाडीमा आगजनी

चितवनमा रेलमार्गको सर्भे गर्न आएको टोलीको गाडीमा आगजनी

चितवन । चितवनमा रेलमार्गको सर्भे गर्न आएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ। गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। आगलागीबाटमा पूर्ण रुपमा क्षति भएकाे छ । आगो नियन्त्रणमा आइसकेको छ। पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो। वडा नम्बर ८ मा मंगलबार नै सर्भे गरिएको थियो। त्यहाँ सकेर वडा नम्बर ७ कृष्णपुरमा बुधबार बिहान पुग्दा स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर दिउँसो उनीहरू चढेको गाडीलाई जलाएको हो।
Read More