लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले बाँके र चितवनबाट लागूऔषध सहित तीनलाई जना पक्राउ गरेको छ । जसमा बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित सुर्खेत गुर्भाकोट नगरपालिका-१२ बस्ने २५ वर्षीय सन्तोष सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतको रूपडिया बजारबाट नेपालगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-७ बुद्दचोक डेरा गरी बस्ने कालिका नगरपालिका-४ पदमपुर घर भएका २६ वर्षीय अनोज स्याङबोको कोठाबाट नियन्त्रित…