चितवन जिल्ला लिग: एष्ट्रल युथ सोसाइटीको पहिलो जित
चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटीले पहिलो जित दर्ता गरेको छ । लिग अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा नारायणी मोटर्स युनिक फुटबल क्लबलाई २-० ले हराउँदै एष्ट्रलले लिगमा पहिलो जित निकालेको हो । उसको जितमा लाल कुमार तमाङ र प्रताप भट्टले गोल गरे । एष्ट्रलका विशाल तमाङ म्यान अफ दि म्याच भए । यो जितपछि लिगमा एष्ट्रलले दुई खेलमा चार अंक बनाएको छ । समान खेल खेलेको युनिकको एक अंक छ । लिग अन्तर्गत आज नै हुने भनिएको यात्रा ग्रुप भरतपुर र माडी ११ बीचको खेल भने स्थगित भएको छ । उक्त खेल…