सौराहा लेडी जेसीजको सप्ताह : विपन्नलाई छात्राबृत्ती, दृष्टिविहीनलाई भोजन
रत्ननगर । सौराहा लेडी जेसीजको जेसीज सप्ताह सुरु भएको छ । झुवानीका दृष्टिविहीन विद्यार्थीलाई भोजन र दुई विपन्न विद्यार्थीलाई छात्राबृत्ती प्रदान गरेर सप्ताहको उद्घाटन गरिएको हो । रत्ननगर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ प्रमुख अतिथि रहेको सो कार्यक्रममा झुवानी मावि अन्तर्गत दृष्टिविहीन इकाइका बालबालिकालाई भोजन र झुवानी माविका प्रिन्स महतो र अरविना महतोलाई छात्राबृत्ती प्रदान गरिएको सौराहा लेडी जेसीजकी अध्यक्ष सुनिता पौडेल घिमिरे जानकारी दिइन् । कार्यक्रममा नेपाल जेसीजकी बर्ष २०२४ को राष्ट्रिय उपाध्यक्ष स्वप्ना पौडेल भण्डारी, संस्थापक अध्यक्ष सुजता बिष्ट, निवर्तमान अध्यक्ष मन्जु महतो, पूर्व अध्यक्ष सरस्वती सेढाई र समाहित शिक्षाका ईन्चार्ज सभ्यता खनालको उपस्थिति रहेको…