कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। हिजो शुक्रबार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। आलमको शव अन्तिम दाहसंस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकिएको भट्टराईले बताए। पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।
Read More
प्रभु बैंकको मुख्यालयमा सीआईबीको छापा, दुई दर्जनभन्दा बढी संवेदनशील फाइल नियन्त्रणमा

प्रभु बैंकको मुख्यालयमा सीआईबीको छापा, दुई दर्जनभन्दा बढी संवेदनशील फाइल नियन्त्रणमा

काठमाडौँ :प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकको मुख्यालयमा छापा मारेको छ। शुक्रबार दिउँसो साढे २ बजेदेखि राति साढे १० बजेसम्म बैंकको अनामनगरस्थित केन्द्रीय कार्यालयमा गरिएको छापामा सीआईबीले दुई दर्जनभन्दा बढी संवेदनशील कागजात र इलेक्ट्रोनिक अभिलेख नियन्त्रणमा लिएको छ। सीआईबीले प्रभु समूहका अध्यक्ष तथा प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन विरुद्ध चलिरहेको विस्तृत अनुसन्धानको क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन समेत संलग्न रहेको शंका बढेपछि आकस्मिक रूपमा छापा मारेको हो। बैंकका एक वरिष्ठ कर्मचारीका अनुसार, सीआईबीको टोली बैंकमा पुगेको समयमा सञ्चालक समितिको बैठक चलिरहेको थियो। टोली आउँदैछ भन्ने सूचना चुहिएपछि सीईओ शेरचन हतारमा आफ्नो कार्यकक्षमा पुगेका थिए। केही…
Read More
नाम दर्ता गराउन मतदाता उत्साहित

नाम दर्ता गराउन मतदाता उत्साहित

महोत्तरीमा दीपावली, छठ, धातृनवमी सामाचकेवा र कात्तिक पूर्णिमासहितका चाडबाड सकेपछि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने बढेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० गतेदेखि नै नाम दर्ता खुले पनि अहिले चाडबाड सकिएपछि दर्ता गर्ने बढेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पुग्ने र यसअघि फोटो खिचाएर नाम दर्ता गर्न छुटेका व्यक्ति चाडबाडपछि उल्लेख्य सङ्ख्यामा आउन थालेका छन् । “चाडबाड सकिएपछि मतदातामा उत्साह देखिएको छ”, उहाँले भन्नुभयो । जिल्लामा असोज १० यता कात्तिक २० गतेसम्म दुई हजार ३४१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम…
Read More
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’

प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’

भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षित रूपमा पहिचान नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्रको संरक्षण थाले पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । गाउँपालिकाले विसं २०८० देखि सुरू गरेको पूजापाठ तथा सद्बिज छर्ने कार्यक्रमसँगै यहाँको धार्मिक महत्त्व थप बढेको छ । हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो स्थानमा विगतका वर्षमा मेला लाग्ने परम्परा रहँदै आएको थियो । माओवादी द्वन्द्वका कारण लामो समयदेखि रोकिएको मेला अहिले स्थानीयको पहलमा पुनःसञ्चालन गरिएको छ । गाउँपालिकाले यस स्थानको…
Read More
ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सुरक्षा चिन्ताले पदबाट राजीनामा दिएको रास्वपाले निष्कर्ष निकालेको छ । केन्द्रीय समिति बैठकमा कार्यबाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुले विद्यार्थी मारिएको दुस्खमा ओलीले राजीनामा नदिएको उल्लेख गरेका छन् । ‘तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन बाध्यपारेको पनि २४ गतेको घटनाले नै हो,’ उनले लेखेका छन्, ‘स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको दुस्खमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।’ रास्वपाले २४ भदौको विध्वंशमा पनि राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको दावी गरेको छ । ‘भदौ २४ को विध्वंशमा त राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको छ,’ अर्यालले लेखेका…
Read More
कांग्रेस महाधिवेशन सबैको सहमतिमा समयमै हुनुपर्छः नेता शाही

कांग्रेस महाधिवेशन सबैको सहमतिमा समयमै हुनुपर्छः नेता शाही

नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही ठकुरीले कांंग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहमतिमा समयमै हुनुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका दुई मिति प्रस्ताव भएको सन्दर्भमा नेता शाहीले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षले सहमति गरी सबैलाई मान्य हुनेगरी महाधिवेशन गर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने मितिका सम्बन्धमा पार्टीमा अहिले दुई धार देखिएको छ, दुई पक्ष बसेर सहमतिका साथ सबैलाई मान्य हुनेगरी मिति प्रस्ताव गर्दा उपयुक्त हुन्छ ।” जेनजी आन्दोलनको भावनाअनुसार कांग्रेस पार्टी पनि अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै नेता शाहीले कांग्रेसको आगामी महाधिवेशनमा युवाको प्रतिनिधित्व बढाउन सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभयो । यही कात्तिक…
Read More
तिस बिघा जग्गामा गरिएको गाँजा फँडानी

तिस बिघा जग्गामा गरिएको गाँजा फँडानी

प्रहरीले मकवानपुरको विभिन्न स्थानमा ३० बिघाभन्दा बढी जग्गामा लगाएको गाँजाखेती फँडानी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको उत्तरी भेगमा पर्ने राक्सिराङ गाउँपालिकाको चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाको सातकन्या, खैरेनी, जोइटी र भीमफेदी गाउँपालिकाको भदौरे ज्यार्बुलगायतका स्थानमा स्थानीयहरुले अवैध रुपमा गरेको गाँजाखेती फँडानी गरेको हो । स्थानीयले अवैध रुपमा गाँजाखेती गरेको गोप्य सूचनाका आधारमा यही कात्तिक १७ देखि २० गतेसम्म खटिएको संयुक्त टोलीले ३० बिगाहा १० कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । गाँजाखेती भएको अन्य स्थानमा पनि अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । मकवानपुरको…
Read More
मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक छुकसम्वसम्म विस्तार भइसकेको छ । उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङको जोमसोम आएर मालसामान ढुवानी गर्न तथा पोखरा-काठमाडौँ आउजाउ गर्न डोल्पा सदरमुकाम दुनैभन्दा छोटो मार्गका रुपमा लैजान सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङ(डोल्पा सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोलेको हो । यसैगरी, मुस्ताङबाट मालसामान उपल्लो डोल्पा पु¥याउन तथा मुस्ताङीलाई भेडाच्याङ्ग्रा र याकचाँैरी ल्याउनसमेत मुस्ताङ-डोल्पा सडक विस्तार गरिएको थियो । समुन्द्री सतहको चार हजार मिटर उचाइबाट विस्तार गरिएको मुस्ताङ-डोल्पा सडक भारी…
Read More
कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ । यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पु¥याएका छन् । बाढीपहिरोले तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरलानाकाबाट चीनसँगको मुलुकको आयातनिर्यात जारी छ । रासस  
Read More
आँखा शिविरबाट २४२ जना लाभान्वित

आँखा शिविरबाट २४२ जना लाभान्वित

सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँ सञ्चालन भएको निःशुल्क आँखा शिविरमा २४२ जना लाभान्वित भएका छन् । बिहीबार सम्पन्न दुईदिने निःशुल्क शिविरमा ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको सिन्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिनुभयो । शिविरमा १२६ महिला र ११६ जना पुरुषले सेवा लिएका थिए । बिरामीको आवतजावतदेखि आवाससम्मको खर्च गाउँपालिकाले व्यवस्थापन गरेको हो । नागरिकको इच्छाअनुसार स्थानीय सरकारले स्वास्थ्य सेवालाई गाउँकेन्द्रित गरेको सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । यसैबीच, चालु आर्थिक वर्षको प्रथम तीन महिनामा जिल्लाका एक हजार ४७० जनाको नेत्र परीक्षण गरिएको यहाँस्थित नेत्रज्योति…
Read More