मिथिला : जहाँ भगवान् रामसँग गरिन्छ हास–परिहास
चलु सखी हिलमिल जनकके आँगन, दुल्हा बनल श्री राम हे ।। जनकपुरधाममा यतिबेला विवाह पञ्चमीको उत्साह देख्न सकिन्छ । धार्मिक पर्यटकहरूको आगमन र विवाहका अनेक विधिहरू शुरु भएसँगै जानकी मन्दिर परिसर नै विवाहमय हुन्छ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीको दिन सीता–रामको विवाह भएको सम्झनास्वरूप मिथिलामा धुमधामका साथ विवाह पञ्चमी मनाउने गरिन्छ । मिथिलाबासीका लागि विवाह पञ्चमी महान चाड जत्तिकै हो । विवाह पञ्चमीको बेला जनकपुरको वातावरणमा समेत विवाहमय उत्साह फैलिएको हुन्छ । मिथिलाको घर–घरमा विवाह पञ्चमीको उत्सव मनाउने चलन रहेको छ । उत्सवमा महिला र पुरुषहरू व्रत बसी भगवान राम–सीताको पूजा–अर्चना गर्ने परम्परा छ । मिथिलाको आफ्नै मौलिक विवाह…