पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर
धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी कोन्ज्योसोम डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । सङ्घीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७९र८० मा रु १० लाख बजेट विनियोजन गरेर सुरु भएको मन्दिरको पुनःनिर्माण बजेट सकिएपछि अलपत्र भएको हो । सङ्घीय मन्त्रालयले कोन्ज्योसोम गाउँपालिकामा बजेट पठाएर मन्दिर पुनःनिर्माण सुरु गरेको थियो । उक्त बजेट सकिएपछि मन्दिर पुनःनिर्माण अलपत्र बनेको छ । अर्को वर्ष बजेट नआएकाले तीन वर्षदेखि मन्दिर अलपत्र बनेको हो । यस क्षेत्रका धार्मिक पर्यटकीयस्थलमध्ये बालेश्वरी मन्दिर पनि एक पर्दछ । नख्खु खोलाको मुहानमा पर्ने…