आज कहाँ-कहाँ पर्दै छ पानी ?, यस्तो रहनेछ देशभरको मौसम

आज कहाँ-कहाँ पर्दै छ पानी ?, यस्तो रहनेछ देशभरको मौसम

आज कहाँ-कहाँ पर्दै छ पानी ?, यस्तो रहनेछ देशभरको मौसम

चितवन,२५ असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले पहाडी भू-भागमा बदली भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली हुनेछ । कोशी प्रदेशका थोरै तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित…
Read More
बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल

बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल

बेनी ,२५ असोज । बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि रु चार लाख ७१ हजारको बोलकबोल भएको हो । बिहीबार राति भएको कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका–३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गर्नुभएको भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिले जनाएको छ । बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबीच प्रतिस्पर्धा हुँदा समितिले तीन मिनेटको समय दिएको थियो ।…
Read More
नवरात्रको अन्तिम दिन आज अष्टमी र नवमीः महागौरी र सिद्धिदात्रीको पूजा आराधना

नवरात्रको अन्तिम दिन आज अष्टमी र नवमीः महागौरी र सिद्धिदात्रीको पूजा आराधना

काठमाडौं, २५ असोज ।  नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ मनाइँदैछ । तिथि घटबढका कारण अष्टमी र नवमीको पूजा एकै दिन परेको हो । अष्टमीको अवसरमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न…
Read More
आज २०८१ साल असोज २५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज २५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज २५ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर ११ तारिख। असोज शुक्ल पक्षको महाअष्टमी उपरान्त महानवमी तिथि। नवरात्रमा आज महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेषः स्वास्थ्यको ख्याल राख्नुपर्नेछ। मन अशान्त हुनेछ। यात्रामा कष्ट हुनेछ। किनमेलमा घाटा हुने जोखिम छ। आज तपाईंले बजारको सामान किन्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। वृषः धन प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा सन्तोषजनक फाइदा हुनेछ। दाम्पत्य सुख प्राप्त होला। पर्यटनको क्षेत्रबाट…
Read More
दशैँको सातौँ दिनः देशभरका शक्तिपीठमा भक्तजनको भिड

दशैँको सातौँ दिनः देशभरका शक्तिपीठमा भक्तजनको भिड

काठमाडौँ,२४ असोज । शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको छ।​नवरात्रकामा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो। राजधानीका पशुपति क्षेत्रस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागीश्वरीका साथै काठमाडौँ उपत्यकास्थित मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो छ। यसैगरी काठमाडौँ उपत्यका बाहिरका नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारालगायत शक्तिपीठमा…
Read More
एमालेले कलंकीमा नयाँ पार्टी कार्यालय बनाउने

एमालेले कलंकीमा नयाँ पार्टी कार्यालय बनाउने

काठमाडौं, असोज २४- नेकपा एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा सार्ने भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेर क्षति पुगेपछि एमालेले कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको हो । आज दिउँसो बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २ स्थित जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको छ । बैठकपछि उपमहासचिव प्रदीय ज्ञवालीले दिएको जानकारी अनुसार नयाँ कार्यालय भवको शिलान्यास शुक्रबार दिउँसो १२ बजेर २५ मिनेटमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । यसअघि २०७२ सालको भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले बबरमहलमा कार्यालय सारेको थियो । त्यहाँ छोटो समयमात्र कार्यालय सञ्चालन…
Read More
चितवनका १४ ठाउँमा सशस्त्र प्रहरी बल १७ नम्बर गणले राख्यो पीङ

चितवनका १४ ठाउँमा सशस्त्र प्रहरी बल १७ नम्बर गणले राख्यो पीङ

चितवन,२४ असोज  । सशस्त्र प्रहरी बल नेपाल नं १७ गणले चितवनका १४ वटा ठाउँमा पिङ राखेको छ । नेपालीहरुको महान् चाड बडा दशैंलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले भरतपुर र माडी नगरपालिकाका १४ वटा ठाउँमा बाँसको पीङ राखेको हो । पछिल्लो समय पीङ राख्ने चलन हराउँदै गएपछि सँस्कृति संरक्षणका लागि सशस्त्र प्रहरीले निःशुल्क रुपमा ती ठाउँहरुमा पीङ राखेको हो । सशस्त्र प्रहरीले भरतपुर–१६ मंगलपुर, भरतपुर–१५ विश्वप्रकाश मावि, भरतपुर–२ को मिलन टोल, क्षेत्रपुर, आँपटारी, खशीबजार, देवकोटा चोक, भरतपुर–१२ मुनाल चोक, हिलबर्ड, भरतपुर–१६ विजयनगर, भरतपुर–१६ विजयनगर, भरतपुर–९ स्थित नौरङगे, भरतपुर–७ शरदपुर र माडी नगरपालिका–३ बसन्तपुर बजारमा पीङ राखेको हो । सशस्त्र प्रहरी बल…
Read More
मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

जलेश्वर ,२४ असोज । प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादशैँको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ । बडादशैँको आगमनसँगै मिथिलाञ्चलको विभिन्न गाउँ शहरमा बनाइएका दुर्गा भवानीको मूर्ति सप्तमी तिथिमा पूजा अर्चना गर्दै अनावरण गरिएको जलेश्वर नगरपालिका–२ का दुर्गा मूर्ति पूजारी ललित झाले बताउनुभयो । यसवर्ष महोत्तरी सदरमुकाम जलेश्वरसहित बर्दिबास, गौशाला, औरही, मटिहानी, पिपरा, बलवा, मनरा, सम्सी, बथनाहा, र गाउँगाउँमा दुर्गा भवानीको भव्य मूर्ति, आकर्षक मन्दिर र पंडालहरु बनाएर धुमधामका साथ पूजा अर्चना सुरु गरिएको छ । जिल्ला सदरमुकाम जलेश्वरमा दशैँलाई मध्यनजर गर्दै शंकर चोक, दूर्गा चोक, राजदेवी मन्दिर, संसारी…
Read More
बडादशैँको सातौं दिन,आज घरघरमा फूलपाती भित्र्याइँदै

बडादशैँको सातौं दिन,आज घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ, २४ असोज। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष…
Read More
नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा

नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी यस वर्ष नयाँ नोट नछाप्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब चार अर्बमा सीमित रहेको छ । यो झन्डै २५ अर्बले कम हो । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य बैंकबाट पनि सोही बराबरीको नोट सटही भएको अनुमान छ । नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि थप जनशक्ति…
Read More