आज २०८१ साल कात्तिक ४ गते आइतबार,यस्तो छ तपाईको राशिफल
मेष : दिन राम्रो छ। आजको प्रयासबाट आम्दानी सहज बन्नेछ। राज्यका कुनै पनि अंगबाट तपाईंले सोचेको काम बन्नेछ। तपाईंले विरोधी ठान्नुभएकाले मित्रवत व्यवहार गर्नेछन्। परिवारले साथ दिनेछ। दिन रमाइलोसँग बित्ने योग देखिन्छ। वृष : आफ्नै राशिमा चन्द्रमा र बृहस्पति पुगेका छन्। मनमा हुने शंका निवारण गर्ने क्षमता प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने तपाईं शंकाको घेरामा हुनुहुन्छ। मिथुन : आफ्नै कारणले मन दुःखी हुनेछ। पुरानो रोगले सताउने भएकाले औषधी नियमित गर्नु राम्रो हुनेछ। गुरुसँगको संगतले मन शान्त हुनेछ। धन खर्च हुने दिन भएकाले खर्च गर्दा सचेत बन्नु राम्रो हुनेछ। कर्कट : साथीहरुप्रति उदार भाव आउने छ। शिक्षाका…