दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
चितवन, साउन ४ – दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ । हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । असार ३१ गते राति ध्रुर्वेलाई सुखीभार पोष्ट नजिक डार्ट गरेर दुई वटा दाह्रा काटिएको हो । ध्रुर्वेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ । जडान गरिएको रेडियो कलरबाट प्रत्येक १० मिनेटमा सूचना सङ्कलन भइरहेको छ । दुई दिनअघि चितवन राष्ट्रिय निकुञ्जबाट सीतामाई नजिक जान लागेको भए पनि पुनःफर्किएर चुरेको फेदितर्फ पुगेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । बस्ती पसेको…