आज पनि २९०० घट्यो सुनको मूल्य

आज पनि २९०० घट्यो सुनको मूल्य

आज पनि २९०० घट्यो सुनको मूल्य

आज (मंगलबार) नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो । यसैबिच मंगलबार चाँदीको मूल्य समेत घटेको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  
Read More
जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिममा दुई सय ३४ भौतिक संरचना क्षति

जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिममा दुई सय ३४ भौतिक संरचना क्षति

जेनजी आन्दोलनका क्रममा भएको आगजानी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टीका कार्यालय गरी दुई सय ३४ भौतिक संरचनामा क्षति पुगेको छ । धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बढी क्षति भएको विवरण सङ्कलन गरिएको छ । सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरका एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँचवटा सरकारी संरचना पूर्ण रूपले क्षति भएको छभने प्रदेशभरि एक सय ५१ वटा सरकारी संरचनामा आशिंक क्षति पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो । आंशिक क्षतिमा पनि सबैभन्दा बढी कैलालीमा एक सय तीन, कञ्चनपुरमा २४, डडेल्धुरामा…
Read More
सङ्खुवासभाको किमाथाङका केन्द्रबिन्दु भएर भूकम्प

सङ्खुवासभाको किमाथाङका केन्द्रबिन्दु भएर भूकम्प

सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट क्षति भएको रनभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । यसअघि यही कात्तिक ५ गते बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ । रासस
Read More
मुस्ताङमा कात्तिकमै हिमपात: कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

मुस्ताङमा कात्तिकमै हिमपात: कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासहित हिमपात भएको छ । त्यसैगरी, मुक्तिनाथ क्षेत्रमा हिउँ परेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो । मुक्तिनाथमा बिहानैबाट निरन्तर हिउँ परिरहेकाले मन्दिरमा पुग्ने दर्शनार्थीलाई समस्या परेको जानकारीदिनुभयो । “मुक्तिनाथ क्षेत्रमा बाक्लो हिउँ पर्ने क्रम जारी छ, हिउँ पाँच–छ इन्च जति जमेको अवस्था छ”, उहाँले भन्नुभयो, “जमिन तातो भएकाले जम्न सकेको छैन,…
Read More
यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षासहित…
Read More
छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार…
Read More
दुईदिनमा प्रतितोला १३ हजार ६ सयले घट्यो सुनको मूल्य

दुईदिनमा प्रतितोला १३ हजार ६ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँ घटेको हो ।योसँगै आजका लागि सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो। अघिल्लो दिन सुन तोलामा ११ हजार ६ सय घटेको थियो । तिहारपछि सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार…
Read More
चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठपश्चात् कामलाई तीव्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरण गरिरहेको छ । अहिले ६५ प्रतिशत क्षेत्रमा तार बिछ्याइएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिनुभयो । यो सकिएसँगै घरमा विद्युत् जोड्ने छौँ । “ठेकेदार कम्पनीले छठलगत्तै तीव्रता दिएमा भरतपुरतर्फको काम शीघ्र सकिनेछ ।” यहाँको काम ७५ प्रतिशत पूरा भएको जनाउँदै इञ्जिनियर सुवेदीले पाइप जडान, डिभाइस जडान, फाउण्डेसन निर्माणलगायत सकिएको बताउनुभयो । उहाँका अनुसार भरतपुर र पोखराको काम सक्न समय थपगरी सन्…
Read More
थाई एयर एसियाले भैरहवाबाट थाल्यो पुनः उडान

थाई एयर एसियाले भैरहवाबाट थाल्यो पुनः उडान

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले आजदेखि पुनः उडान थालेको छ । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्ने गरी पुनः उडान सुरु गरेको हो । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले अब आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो । अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसिया एक्लो कम्पनी बनेको छ ।
Read More
छठपर्व : प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व हो : डा शोभाकर पराजुली

छठपर्व : प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व हो : डा शोभाकर पराजुली

छठपर्व हिन्दूधर्मका सबैभन्दा पवित्र र अनुशासित पर्वमध्ये एक मानिन्छ, जसलाई सूर्यदेव र छठी माईको आराधनाका रूपमा अत्यन्त श्रद्धा र भक्ति भावले मनाइन्छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मैथिल, भोजपुरिया, थारु तथा अन्य समुदायका साथै भारतका विहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल र दिल्लीमा यो पर्वको ठूलो महत्व छ । यस पर्वमा लाखौँ भक्तजनले नदी, तलाउ वा पोखरीको किनारमा शुद्ध मनले सूर्यदेवलाई अघ्र्य अर्पण गर्छन् र परिवार, समाज र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्छन् । पछिल्ला वर्षमा राजधानी काठमाडौँसहित देशका अन्य सहरमा पनि छठ पर्वको प्रचलन तीव्र रूपमा बढ्दै गएको छ । सहरमा पनि श्रद्धालुहरूले जलाशय सफा गरी सामूहिक रूपमा पूजा–अर्चना…
Read More