स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सुरु
स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल पिएचडी एशोसियसनको आयोजना र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा आजदेखि सुरु भएको उक्त सम्मेलनका वक्ताहरुले व्यवस्थित सहरीकरणलाई अगाडि बढाउनका लागि चाहिने आवश्यक नीतिनियम र विभिन्न देशमा भएका अभ्यासकाबारेमा छलफल भएको थियो । कार्यक्रममा नेपाल विश्वविद्यालयका कुलपति डा विन्दुनाथ लोहनीले स्मार्ट सहर निर्माण गर्दा आवश्यक पूर्वाधार, यातायात, वातावरण, प्रदूषणलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्मार्टसिटीमा हावा, पानी, सौर्य उर्जालगायतलाई समेट्नुुपर्ने धारणा राख्नुभयो । सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले सरकारले सहरी नीतिनिर्माण गरी कार्यान्वयनतर्फ लगेको बताउनुभयो । “जसरी योजना र नीति बन्छ, त्यसरी कार्यान्वयन नहुँदा…