भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’
हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्नुभएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ यही पुस ४ गते शुक्रबारदेखि देशभर प्रदर्शन हुनेभएको छ । सो चलचित्रको विषयमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित कार्यक्रममा निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रकर्मीको दायित्व मनोरञ्जन दिने मात्र नभई समाजलाई जागरुक बनाउने पनि हो । सोही मूल्यमान्यतालाई आत्मसात् गरी भ्रष्टाचार र सामाजिक विकृतिका विरुद्ध आवाज उठाउँदै देश र जनताका पक्षमा चलचित्र निर्माण गरेको छु । देशभक्त सच्चा नागरिकले सोच्ने कोणबाट चलचित्र तयार गरिएको छ ।” गत जेन्जी आन्दोलनअघि नै चलचित्रको छायाङ्कन सकिएको उल्लेख गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार, बेथिति र…