संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। बैठक बुधबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ। आजको बैठकमा पनि शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्ने कार्यक्रम छ। मंगलबारको बैठकमा बोल्ने सांसदहरूले चुनाव प्रचारको क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्न सरकारसँग माग गरेका थिए।
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
नेपाली कांग्रेसले बागी उमेदवारी दिएका उमेदवारहरूलाई आफ्नो उमेदवारी निष्क्रिय गर्न निर्देशन दिएको छ । मंगलबार (माघ १३) पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले केही स्थानमा पार्टीबाट विद्रोह गरेर छुट्टै उमेदवारी दर्ता गराएको अवस्थामा आफ्नो उमेदवारी निष्क्रिय गर्दै पार्टीको आधिकारिक उमेदवारर्लाइ सहयोग गर्न निर्देशन दिएको जनाएको हो । पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार(प्रसार समिति संयोजक देवराज घिमिरेले छोटो समयका कारण टिकट वितरणमा केही कमजोरी भएको हुनसक्ने भन्दै त्यसलाई स्वीकार गरेर पार्टीको आधिकारिक उमेदवारलाई सघाउन निर्देशन दिइएको जानकारी दिए । पार्टीमा देखिएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्ने उनको भनाइ छ । निर्वाचनकेन्द्रित प्रचार(प्रसारका लागि सातै प्रदेश र वडासम्म निर्वाचन…
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरिएका क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता सकिएसँगै बालबालिकालाई जुलुसमा सहभागी गराइएको, राजनीतिक दलको चुवान चिन्ह र उम्मेदवारको तस्वीर भएको टिसर्ट लगाई प्रयोग गरिएको, पार्टी कार्यालय र सम्पर्क कार्यालयमा विद्यालय पोशाकमै बालबालिकाको उपस्थित गराइएको, दलगत प्रचारप्रसारका लागि झण्डा बोकाई बालबालिकाको प्रयोग गरिएको समाचार आएको भन्दै सो अभियानले आपत्ति जनाएको हो । आचारसंहिताको प्रभावकारी अनुगमन र कारवाहीका लागि सिजपले निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ । सो अभियानका अध्यक्ष तिलोत्तम पौडेलले ‘बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने मान्यतालाई चुनौती…
सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा सांसद सुमित्रा बिसीले गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । राष्ट्रियसभा सदस्य गङ्गाकुमारी वेल्वासेले राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणका कारण नागरिकको ज्यान जाने र घाइते हुनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उल्लेख गर्नुभयो । अर्का सांसद गोपीबहादुर सार्की आछामीले झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा हात्तीको आतङ्क बढ्दै गएको बताउनुभयो । सांसद तुलसाकुमारी दाहालले सर्लाही जिल्लामा दादुरा र रुबेलाजस्ता सरुवा रोगको प्रकोप बढिरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा र पूर्वतयारीमा ध्यान दिनुपर्ने बताउनुभयो…
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । अहिले पनि थुुप्रै अस्पतालले स्वास्थ्य बिमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन नसकिएको बताउनुभयो । अर्थ मन्त्रालयमा माग गर्दा बजेट नभएको भनेपछि स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै रु एक अर्ब बिमा बोर्डलाई भुक्तानी भएको उहाँको भनाइ छ । मन्त्री गौतमले आफूले विभिन्न प्रदेशअन्तर्गतका बैठकमा…
राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा उहाँहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रियसभाका सचेतक गङ्गाकुमारी बेलबासेले बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “मतको दुरुपयोग नगर्नुहोला । सच्चा व्यक्ति र मतको कदर गर्ने व्यक्तिलाई जिताउन अपिल गर्छु । अब बन्ने सरकारले विकृति र विसङ्गति रोक्ने र बेरोजगारीको अन्त्य गर्नुपर्छ ।” उहाँले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको दुरुपयोग भएकाले राष्ट्रिय झन्डा दुरुपयोग…
पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी नागरिक बसाइँसराइ सरेका छन् । आर्थिक वर्ष विसं २०८१र ८२ मा पाँच सय २५ जना बसाइँसराइ गरेका हुन् । नगरका विभिन्न वडावाट एक सय ५३ घरपरिवारका पाँच सय २५ जना बसाइँसराइ गरेको नगरपालिकाका पञ्जीकाधिकारी अधिकृत ऋषिराम शर्माले बताउनुभयो । उक्त अवधिमा ३३ जना नगरमा फर्किएर आएका छन् । एघार वडा रहेको नगरपालिकाबाट चालु वर्षमा पनि बसाइँसराइ जानेको दर उल्लेख्य मात्रामा बढेको पाइएको छ । फलेवास –११ वाट धेरै परिवार विस्थापित भएका छन् भने सबैभन्दा थोरै बसाइँसराइ वडा नंं ५ खानीगाउँबाट भएको छ । आसन्न निर्वाचनको वर्ष भएकाले पनि मताधिकार बसेको स्थानबाटै…
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थानमा मेघगर्जन|चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक…
होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सुरेस लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । संस्थाको सोमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विष्णुहरि सुवेदी, महासचिवमा शक्तिश्री कोइराला, कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा रोजेन्द्र सुवेदी निर्वाचित बन्नुभएको छ । समितिका सदस्यमा प्रकाश सापकोटा, निर्मला थकाली, अमृत लामिछाने, रविभक्त थापा, अनिल ढकाल र ओम श्रीस मगर रहनुभएको छ । अधिवेशनका लागि संस्थाका सल्लाहकार एवं पूर्वअध्यक्ष दामोदरभक्त थापाको संयोजकत्वमा पूर्वअध्यक्ष कृष्णप्रसाद तिमिल्सेना र अर्जुन लम्साल रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरामा आउने पर्यटनको बसाइ लम्ब्याउनका…