नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला

नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला

नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला

नवलपरासी, १९ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको छ । नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको हो । कावासोतीमा स्थापना गरिएको प्रयोगशालाबाट तरकारी तथा फलफूलमा विषादीको जाँच गरिने केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली विकास अधिकृत राजीवदासराज भण्डारीले बताए । कावासोतीस्थित कृषि थोक बजारमा स्थापना गरिएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइबाट यस थोक बजारमा दैनिक रुपमा तरकारी तथा फलफूलको विषादी परीक्षण गरिने छ। थोक बजारमा बिक्रीका लागि विभिन्न स्थानबाट आउने तरकारी तथा फलफूलको परीक्षणसँगै…
Read More
सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

चाँदनीदोधारा  (कञ्चनपुर), १९ भदौ ।गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताउनुभएको छ । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उहाँले प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताउनुभयो । “अहिले प्रहरीले सिमीत स्रोतसाधनमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।” उहाँले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उहाँको भनाइ थियो । उहाँले संसद्मा भएका दुई ठुला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताउनुभयो । “दुई दलबीच सात…
Read More
प्रधानमन्त्रीद्वारा एसियाली निर्वाचन व्यवस्थापन निकायको सम्मेलन उद्घाटन

प्रधानमन्त्रीद्वारा एसियाली निर्वाचन व्यवस्थापन निकायको सम्मेलन उद्घाटन

काठमाडौँ,१९ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो । “कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “बसाइँसराइ, जलवायु परिवर्तन तथा सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।” हिमाल पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने…
Read More
नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा घनश्याम सिलवाल

नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा घनश्याम सिलवाल

चितवन, १९भदौ – नेकपा (एमाले) वडा कमिटी इच्छाकामना गाउँपालिका ४ को अध्यक्षमा घनश्याम सिलवाल चयन भएका छन् । मंगलबार सम्पन्न पार्टीको दोश्रो वडा अधिवेशनले सिलवालको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बुद्दिबल राना, सचिवमा तुलशी त्रिपाठी, राजु थापा मगर र फुलमाया गुरुङ् चयन भएका छन् । अधिवेशनमा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, नेकपा एमाले चितवनका अध्यक्ष कमल राज पाठक लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
Read More
जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता छः मन्त्री यादव

जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता छः मन्त्री यादव

काठमाडौँ,१९ भदौ। खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताउनुभएको छ । एसियाली विकास बैङ्क (एडिबी) द्वारा आज यहाँ आयोजित ‘हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ’ भन्ने विषयको कार्यशालामा उहाँले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको उल्लेख गर्नुभयो । मन्त्री यादवले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्यालाई समेटेर एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययनको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “एडिबीले खानेपानी मन्त्रालयका लागि निरन्तर रुपमा अगाडि बढेर सहयोग गरिरहेको छ, मेलम्चीको मुहान विसं २०७८ मा…
Read More
नदीजन्य पदार्थ ‘चोरी निकासी नियन्त्रण अभियान’ सञ्चालन

नदीजन्य पदार्थ ‘चोरी निकासी नियन्त्रण अभियान’ सञ्चालन

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नदीजन्य सामग्रीको चोरी निकासी रोक्न ‘चोरी निकासी नियन्त्रण अभियान’ सञ्चालन गरेको छ । नगरपालिका अन्तर्गत विभिन्न नदीबाट चोरी गरी विभिन्न ठाउँमा थुपारेर राखिएका नदीजन्य पदार्थ जफत गर्दै आएको नगर प्रमुख विमला अर्यालले जानकारी दिए । पछिल्लो पटक तुरिया खोला, चारघरे, सोमई टोललगायतका क्षेत्रबाट नदीजन्य पदार्थ जफत गरिएको हो । जफत गरिएका नदीजन्य पदार्थलाई कानुनअनुसार लिलाम गरिनेछ । अभियानअन्तर्गत चोरी निकासीमा संलग्न सवारीसाधान नियन्त्रण र थुपारेर राखिएका पदार्थ जफत अगाडि बढाइएको नगरप्रमुख अर्यालले बताए । विभिन्न खोलाबाट पछिल्लोपटक नदीजन्य पदार्थको चोरी निकासी बढेपछि नगरपालिकाले थुपारेर राखिएको स्थानको खोजी गरेर जफत गरिएको नगरप्रमुख अर्यालले जानकारी दिए…
Read More
नारायणगढ–मुग्लिन सडक : दसैँअघि नै दुई पुल सञ्चालनमा ल्याइँदै

नारायणगढ–मुग्लिन सडक : दसैँअघि नै दुई पुल सञ्चालनमा ल्याइँदै

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई पुल दसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी रहेको छ । उनले भने, “दसँैंसम्ममा यी दुई पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।” सो सडकखण्डमा रहेका १९ पुलमध्ये चार निर्माणाधीन रहेका छन् । बाँकी दुई तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको…
Read More
महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो

महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो

काठमाडाैं, १९ भदाै। एट्लान्टिक महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचिएको छ । टाइटानिक हेर्न एउटा मिसनले यो जहाजको रेलिङ भाँचिएको पत्ता लगाएको हो । जहाजको रेलिङको १५ फिट भाग फुटेर समुन्द्री तलामा खसेको बताइएको छ । जहाजको स्वामित्वमा रहेको कम्पनी आरएमएस टाइटानिक इन्कले पोर्ट साइड रेलिङमा ४.६ मिटर अर्थात करिब १५ फिटको खाडल रहेको जनाएको छ । जहाजमा रहेको सामान फिर्ता गर्ने अधिकार आरएमएस टाइटानिकसँग मात्र छ । जहाज र यसको वरपरको क्षेत्रको थ्रीडी स्क्यानिङपछि यो भाग समुन्द्रको तलामा खसेको पत्ता लाग्यो । यो जानकारी जुलाई २९ मा टाइटानिक तर्फ मिसनपछि प्राप्त भएको थियो । टाइटानिक जहाज सन् १९१२ मा…
Read More
सुकिलुम्बा विमानस्थल बिहीबारदेखि पुन: सञ्चालन हुँदै

सुकिलुम्बा विमानस्थल बिहीबारदेखि पुन: सञ्चालन हुँदै

इलाम १९ भदौ  । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए । गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन । त्यस्तै गत जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो । गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन । इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिंदै…
Read More
पक्की घरमा ढुक्कसँग बस्न पाउँदा विपन्न परिवार खुसी

पक्की घरमा ढुक्कसँग बस्न पाउँदा विपन्न परिवार खुसी

राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजाले पक्की घर पाएपछि यतिबेला खुसीले गद्गद छन् । वर्षौंदेखि फुसको छाप्रामा छ जना परिवारका सदस्यसहित बस्दै आएका उनी अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी भएका हुन् । “मान्छेलाई बाँच्नका लागि खानासँगै घर पनि चाहिन्छ, तर घर नहुँदा फुसको छाप्रोमा जेनतेन परिवारसँगै बस्दै आएको थिएँ”, उनले भने, “तर एकीकृत बस्ती तथा आवास कार्यक्रमअन्तर्गत पक्की घर सरकारले बनाइदिएपछि अब घरको समस्याबाट मुक्त भइयो, अब त केबल कमाएर परिवारमात्र पाल्नु छ ।” आर्थिक विपन्नता र गरिबीको मार खेप्दै आएका आफू यो जुनीमा पक्की घरमा सुत्न पाउँछु भने कल्पना नै गरेको…
Read More