धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग

धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग

धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग

घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको प्रक्रिया अघि बढाउन स्थानीयले दबाब दिएका छन् । उक्त डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन स्थानीयले प्रादेशिक प्रमुख हरिदत्त जोशीलाई ज्ञापनपत्र बुझाएका हुन् । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि काम भइरहेको भए पनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीय आन्दोलित भएका हुन् । शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझाको नेतृत्वमा ज्ञापनपत्र बुझाउँदै स्थानीयले १५ दिनभित्र डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग गरेका छन् । घनाबस्तीबीचमा रहेको डिपोका कारण सुरक्षा संवेदनशीलता बढेकाले तत्काल डिपो सार्न निगम व्यवस्थापन गम्भीर हुनुपर्ने स्थानीयको भनाइ छ । “निगमको डिपोसँग जोडिएको…
Read More
आज सुनचाँदीकै मूल्य बढ्यो ,कतिमा हुदैँछ कारोबार ?

आज सुनचाँदीकै मूल्य बढ्यो ,कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा दुई हजार नौसय रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेर दुई लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको थियो। गएको असोज ३१ गते सुनको मूल्य दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ५० रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।  
Read More
नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरु भयोः ओली

नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरु भयोः ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद शुरु भएको टिप्पणी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले बंगलादेश र म्यानमारमा अधिनायकवादीहरुले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेश गर्दै नेपालमा पनि सोही त्यही सिलसिला दोहो¥याउन खोजिएको जिकीर गर्नुभयो । उहाँले मुलुकलाई फेरि पनि द्वन्द्वमा फर्काउने प्रयास भइरहेकाले त्यसलाई अन्त्य गर्न आफूहरु लागि परेको समेत बताउनु भयो । उहाँले भन्नुभयो,‘जहाँ अधिनायकवाद शुरु हुन्छ । त्यहाँ यति समयमा चुनाव गराउने भनेर घोषणा हुन्छ । विभिन्न देशमा हामीले यो देखेका छौं । म्यानमारमा…
Read More
बेमौसमी वर्षाः दुई अर्बभन्दा बढीको क्षति

बेमौसमी वर्षाः दुई अर्बभन्दा बढीको क्षति

अविरल वर्षाबाट कोशी प्रदेशमा कूल रु दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ । कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो । जसमा अविरल वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् रु चार करोड बराबरको तरकारीमा क्षति पुगेको निर्देशालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिनुभयो । सूचना अधिकारी गुरुङका अनुसार झापामा चार हजार ३६४ हेक्टर, मोरङमा तीन हजार ४२१ हेक्टर, सुनसरीमा दुई हजार ८५१ हेक्टर, उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८…
Read More
अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ । मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो । किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन नगदसहित प्रोत्साहन गर्ने नीति लिइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । चालु आर्थिक वर्षका लागि रु सात लाख ५० हजार बजेट विनियोजन भएको उक्त कार्यक्रममार्फत भेडाबाख्रा र गाईभैँसीपालक किसानले सुविधा पाउनेछन् । भेँडाबाख्राको हकमा कम्तीमा १५ वटा माउ, गाईभैँसीको हकमा कम्तीमा तीन वटा र वार्षिक एक हजार लिटर दूध बिक्री गर्नुपर्ने मापदण्ड रहेको उहाँले जानकारी दिनुभयो ।…
Read More
निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँः गृहमन्त्री अर्याल

निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै प्राप्त जिम्मेवारीबमोजिम निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो । गृहमन्त्री अर्यालले भन्नुभयो छ, “आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यका निम्ति धन्यवाद भन्नेछौँ ।” गृहमन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको जनाउँदै उहाँले भन्नुभयो, “कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ ।” रासस
Read More
राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गर्नुभएको छ । सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आज आयोजित समारोहमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रुपमा ‘एनटिभी वर्ल्ड’ शुभारम्भ गरिएको हो । यो च्यानलले नेपाल अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्रीहरु समावेश गर्नेछ । कार्यक्रममा राष्ट्रपति पौडेलले पिएसबीको लोगो र मोबाइल एप सार्वजनिक गर्नुभयो । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले प्रथम वार्षिकोत्सव मनाएको हो । राष्ट्रपति पौडेलबाट २०८१ असोज २२ गते विधेयक प्रमाणीकरण भएको थियो । ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेदेखि सो कानुन कार्यान्वयनमा…
Read More
घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री घोडाघोडी –२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुर बस्ने ४५ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै…
Read More
सर्पको डसाइबाट महिलाको मृत्यु

सर्पको डसाइबाट महिलाको मृत्यु

सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८ः३० बजे आसपासमा उहाँलाई गोमन सर्पले दाँया खुट्टामा डसेको थियो । त्यसपछि उहाँलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११ः४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । गर्मीसँगै वर्षात्का समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदका समयमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताउनुभयो । केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार…
Read More
निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम हुनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १० किलोमिटर दौड प्रतियोगितामा भण्डारीले ५३ मिनेट १० सेकेण्डमा उक्त दूरी पार गर्दै प्रथम हुनुभएको हो । प्रतियोगितामा दिगम्बर पन्त दोस्रो र मनोजकुमार दास तेस्रो हुनुभयो । पन्तले ५४ मिनेट ४६ सेकेण्ड र दासले ५६ मिनेटमा निर्धारित दूरी पार गर्नुभयो । यस्तै महिलातर्फ ५ किलोमिटर दौडमा प्रथम हुनुभएकी सापकोटाले ३२ मिनेट ९ सेकेण्डमा उक्त दूरी पार गर्नुभयो । यस्तै शर्मिला कटुवाल दोस्रो र राजकुमारी…
Read More