चितवनमा एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवनमा एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवनमा एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यहाँ रहेका एचआईभी एड्स सङ्क्रमितमध्ये ३५ जनामा यौन रोग देखिएको पाइएको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार विगत १० महिनामा गरिएको एक हजार ४० जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यौन रोगी भेटिएको हो । उनीहरूलाई भिरिङ्गी रोग देखिएको हो । उहाँका अनुसार असुरक्षित यौन सम्पर्क गर्दा सङ्क्रमितमा यौन रोग बढ्न थालेको हो । अस्पतालका अनुसार एड्स सङ्क्रमितमध्ये सात जनामा क्षयरोग देखिएको छ । त्रियानब्बे जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यो रोग देखिएको हो । जिल्लामा हाल एक हजार दुई सय ४३ जना…
Read More
नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु,कसरी गर्दैछ निर्माण कम्पनीले काम ?

नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु,कसरी गर्दैछ निर्माण कम्पनीले काम ?

नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको चितवनको भरतपुर र नवलपुरको गैडाकोट जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको हो । निर्माणको ठेक्का पाएको तुँदी निर्माण कम्पनीले दुई सातादेखि फिल्डको काम सुरु गरेको जनाएको छ । ‘अहिले नारायणी नदीमा पुल निर्माण गर्न नारायणगढ तर्फ पाइलिङको तयारी भइरहेको छ,’ प्रोजेक्ट म्यानेजर इन्जिनियर मञ्जिल मिश्रले भने ‘बर्खा अगाडि नै डेकुरेशनको काम सक्ने योजनाका साथ काम अगाडि बढाएका छौँ ।’ एक अर्ब ६८ करोडमा ठेक्का पाएको निर्माण कम्पनीले ३६ महिनाभित्र सक्नेगरी काम अगाडि बढाएको छ । प्राकृतिक प्रकोप नआए बर्खा अगाडि नै नारायणी नदीको दुई वटा…
Read More
चितवनमा बस्ती पसेको गैँडालाई गरियो स्थानान्तरण

चितवनमा बस्ती पसेको गैँडालाई गरियो स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैँडालाई सौराहा सेक्टरको कुमरोज सामुदायिक वन क्षेत्रमा स्थानान्तरण गरिएको छ । बस्तीमा पसेर बालीनाली नोक्सानी गर्ने, बाहिर मात्र बस्न खोज्ने भएकाले नागरिकको सुरक्षाका लागि उक्त गैँडालाई स्थानान्तरण गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने जोखिम बढेकाले स्थानान्तरण गर्नुपरेको हो । गैँडालाई ‘डार्ट’ गरेर स्थानान्तरण गरिएको जनाउँदै सूचना अधिकारी मगरले निकुञ्जले यसअघि पनि बस्ती पसेर…
Read More
एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गर्नुभएको छ । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सो लोगो सार्वजनिक गर्नुभएको हो । पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताउनुभयो । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो । सोही अवसरमा महाधिवेशनकेन्द्रित जिङ्गल पनि सार्वजनिक गरियो । यही मङ्सिर २७ देखि २९ गतेसम्म…
Read More
रास्वपा-विवेकशील साझाबीच एकता, नाम रास्वपा नै रहने

रास्वपा-विवेकशील साझाबीच एकता, नाम रास्वपा नै रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकीकरण भएको घोषणा गरिएको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो। दुवै पार्टीबीच एकता गर्न केही दिनअघि सहमति भएको थियो। रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझाबीच एकता भएसँगै पार्टीको नाम रास्वपा नै रहने भएको छ। दुवै पार्टीबीच भएको सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टी नाम रहने उपाध्यक्ष स्वर्णिम वाग्लेले जानकारी दिए। एकताका लागि सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यबाहक अध्यक्ष डोलप्रसाद अर्यालय र उपाध्यक्ष स्वर्णिम वाग्ले तथा विवेकशील साझाको तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्। एकतापछि पनि पार्टीको चिह्न…
Read More
गोरखाबाट चितवन आउँदै गरेको बस दुर्घटनाः २१ यात्रु घाइते

गोरखाबाट चितवन आउँदै गरेको बस दुर्घटनाः २१ यात्रु घाइते

गोरखा-आँबुखैरेनी–गोरखा सडक खण्डअन्तर्गत गोरखा नगरपालिका-११ बाह्रकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बाह्रकिलो बजारमा रोकिराखेको ना ४ ख १२१९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले बताए । गोरखाबाट चितवन आउँदै गरेको बस दुर्घटनामा परेको हो । ‘बसको ब्रेक नलागेको र ओट् पनि नराखी ड्राइभर झरेका बेला बस गुडेर १० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने । बसमा कति यात्रु थिए यकिन भइनसकेको पनि उनले बताए । घाइतेहरूलाई गोरखा अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
Read More
चितवनमा जनप्रतिनिधि सहित आठ जना जुवाडे पक्राउ

चितवनमा जनप्रतिनिधि सहित आठ जना जुवाडे पक्राउ

पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो । पक्राउपर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल । यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् । उनीहरुको साथबाट रु ७१ हजार २१० नगदसहित तास बरामद गरिएको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु…
Read More
बझङमा ४.४ रेक्टरस्केलको भूकम्प

बझङमा ४.४ रेक्टरस्केलको भूकम्प

आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । सैपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् । भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ । विपद् कुनै बाजा बजाएर नआउने भएकाले भूकम्पसहितका प्राकृतिक विपद्बाट जोगिन सजग र…
Read More
चितवनमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरु पक्राउ

चितवनमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरु पक्राउ

माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरिएको छ । गत बिहीबार राति १०ः१५ बजेको समयमा चार÷पाँच जनाको समूहमा आएका युवाले आक्रमण चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउपर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राईले भन्नुभयो, “चिकित्सकहरुले कुटपिटमा मुद्दा चलाउने भन्दै हुनुहुन्छ, कुटपिटको मुद्दा सिधैँ अदालतबाट चल्छ ।” बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा धीरञ्जनकुमार साहका अनुसार मङ्सिर ११…
Read More
आज पनि बढ्यो सुनचाँदीको भाउ

आज पनि बढ्यो सुनचाँदीको भाउ

अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार ४९० निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदै ५४ अमेरिकी डलरमा कारोबार भइरहेको…
Read More