नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको ९नेपाल–चीन० उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ । हिउँदयामको माइनस डिग्री तापक्रमको परवाह नगरी सीमा क्षेत्रमा कार्यरत ९नेपाल–चीन० संयुक्त सुरक्षा अधिकारीले कोरला सीमा क्षेत्रको निगरानी बढाउन गस्ती नियमित गस्ती थालेका हुन् । यहाँ स्थित (नेपाल–चीन) कोरला सीमा क्षेत्रअन्तर्गत डोल्पातर्फ पर्ने २१, २२, २३ र २४ नं सीमा स्तम्भ क्षेत्रमा संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदयामका समयमा सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण, अवैध चोरी निकासी, अवैध चोरीसिकारी, सीमा क्षेत्रको शान्तिसुरक्षा र…