खालिदा जियालाई राजकीय विदाइ

खालिदा जियालाई राजकीय विदाइ

खालिदा जियालाई राजकीय विदाइ

बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम विदाइ दिएको छ । राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिनुभएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्‍यो । प्रधानमन्त्रीका रूपमा सेवा गर्ने बङ्गलादेशकी पहिलो महिला रहनुभएकी खालिदा जियाको मङ्गलबार ८० वर्षको उमेरमा निधन भएको हो । सत्र करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली मुलुकमा उहाँको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा गहिरो शून्यता सिर्जना गरेको छ । अन्त्येष्टिका क्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । हजारौँ सुरक्षाकर्मीको उपस्थितिमा उहाँको पार्थिव शरीर राष्ट्रिय झण्डाले ढाकिएको गाडीमा राजधानीका मुख्य सडक हुँदै लगिएको थियो । सडकछेउ…
Read More
प्रतिनिधिसभा निर्वाचन: स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

प्रतिनिधिसभा निर्वाचन: स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता कायम भएको छ । २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका हुन् । जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । पुरुषभन्दा महिला मतदाता तीन हजार ८८७ जना धेरै रहेका छन् । दुई निर्वाचन क्षेत्र…
Read More
सुनको मूल्य तोलामा १ हजार १०० रुपेयाँले घट्यो

सुनको मूल्य तोलामा १ हजार १०० रुपेयाँले घट्यो

स्थानीय बजारमा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपेयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ४७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोृलामा ४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा घटबढ हुँदा सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि फेरबदल हुँदै आएको छ ।
Read More
शीतलहरले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

शीतलहरले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

अत्याधिक चिसोका कारण एक जनाको मृत्यु भएको छ । अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण बढेको जाडोले कठ्याङ्ग्रिएर सिरहाको गोलबजार नगरपालिका-८ मुसहरी टोलका ५५ वर्षीया शिवदयाल सदायको मृत्यु भएको हो। क्रमिक रुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदाय आज बिहान मृत अवस्थामा ओछ्यानमा भेटिएको प्रहरीले जनाएको छ।
Read More
वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण गरेको छ । डिभिजन वन कार्यालयका सुरक्षा शाखा प्रमुख यादविन्द्र पौडेलकाअनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलस्थित ऊँ वृद्धाश्रम, हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर, हेटौँडा उपमहानगरपालिका–५ स्थित लक्ष्मीनारायण मन्दिर र हेटौँडा उपमहानगरपालिका–१० राप्तीतटस्थित गोरक्षेश्वर मन्दिरमा दाउरा वितरण गरिएको छ । विभिन्न सामुदायिक वनहरूसँगको सहकार्यमा वन कार्यालयले दाउरा बाँडेको हो । यसैबीच, चिसोका कारण यहाँका ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका छन् । हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । अस्पतालमा दैनिक…
Read More
रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन

रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन

नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठजोड भनि टिप्पणी गर्नुभएको छ । एमाले जस्तो बलियो पार्टीसँग मुकाविला गर्न दुब्लाहरुले सहकार्य गर्नुपरेको ओलीका जिकिर थियो । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा रख स्यालले मोर्चा गरेर जित्न नसक्ने बताउनु भयो । अध्यक्ष ओलीले काँग्रेस, एमाले जस्तो विशाल पार्टी लड्नका लागि दुब्लाहरुले जो कोहीसँग पनि निरन्तर सहकार्य र एकताको कुरा गरिरहेको दावी समेत गर्नुभयो । उहाँले को लोकप्रिय छ भन्ने कुरा परीक्षण आगामी निर्वाचनबाट हुने समेत…
Read More
ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ ख ९२६६ नंको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । उनको कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुङ्गानाले जानकारी दिनुभयो…
Read More
गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसारका सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा मतदाता सङ्ख्या जम्मा सात हजार छन् । स्याङ्जामा दुई लाख ४८ हजार ८१६, तनहुँमा दुई लाख ५४ हजार ३९७, नवलपुरमा दुई लाख ६८ हजार ५२६, गोखरामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१ मतदाता कायम भएका छन् । यस्तै लमजुङमा एक लाख ३७ हजार १२४, पर्वतमा एक लाख २५ हजार ४६६, म्याग्दीमा ८६…
Read More
राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पु¥याउने उद्देश्यले आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो । नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ० दशमलव १५ प्रतिशत योगदान रहेको एवं करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रुपमा रहेको छ । मन्त्रालयका अनुसार नेपालमा एक हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न…
Read More
स्पेनमा गएको भीषण हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु

स्पेनमा गएको भीषण हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु

स्पेनको अरागोन क्षेत्रमा गएको हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु भएको छ । अन्य तीन जनालाई सुरक्षित उद्धार गरिएको छ । स्पेनको सिभिल गार्डले दिएको जानकारीअनुसार हिउँपहिरोमा परी दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । उक्त समूहका अर्की एक महिलाको सामान्य चोटपटक र हाइपोथर्मियाको उपचार भइरहेको छ भने अन्य दुई पुरुष सुरक्षित रहेका छन् । यो घटना उत्तरी स्पेनको अरागोन क्षेत्रको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयनुसार सोमबार दिउँसो करिव १ बजे घटेको थियो । बास्क क्षेत्रबाट आएका भनिएका ती पर्वतारोहीहरू करिव २ हजार ७ सय मिटरको उचाईमा रहँदा हिउँपहिरोले उनीहरूलाई पुरेको थियो । सरकारी प्रतिनिधि फर्नान्डो बेल्ट्रानका…
Read More