प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ : बालेन

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ : बालेन

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन सुझाव पनि दिएका छन् । उनले भनेका छन्–'न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने…
Read More
सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ

सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ

१८ जेठ, काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ । राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । पछि उक्त…
Read More