मेक्सिकोमा रेल दुर्घटनाः १३ जनाको मृत्यु, १०० घाइते
मेक्सिकोको दक्षिण–पश्चिमी ओक्साका क्षेत्रमा लिकबाट रेल खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । करिब १ सय जना घाइते भएको मेक्सिकन नौसेनाले जनाएको छ । मेक्सिकोको खाडी र प्रशान्त महासागरबिच यात्रा गरिरहेको रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्यहरू थिए । ९८ जना घाइते भएको र यीमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको नौसेनाले बताएको छ । निजान्डा सहर नजिकै मोडमा घुम्ने क्रममा रेल पटरीबाट खसेको अधिकारीहरूले भनेका छन् । दुघर्टनाको अनुसन्धान भइरहेको मेक्सिकोका महान्यायाधिवक्ताले पुष्टि गरेका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले बताएकी छन् । नौसेना सचिवसहित उच्चस्तरका अधिकारीहरू दुर्घटनास्थलमा गइरहेका उनले…