सत्तामा पुग्नुमात्रै होइन राजनीति
उहिले प्रदीप गिरि राजनीतिक विचारधारा र दर्शनका कुराहरू गर्थे । सुन्न लालयित हुनेहरू उनी जहाँ बोल्छन्, त्यहीँ जान्थे । ध्यान दिएर सुन्थे । कतिले मनन पनि गरे हुनन्, कतिले एक कानले सुने अर्को कानले उडाए । अहिले दार्शनिक कुरा गर्ने सवालमा प्रदीप गिरिकै बिँडो थामेका एक नेता छन्, घनश्याम भूसाल । राजनीति मूलतः सिद्धान्तबाटै निर्देशित हुनुपर्छ भन्ने उनको सिद्धान्त छ । हमेसा वैचारिकीमा टिकेर राजनीति गर्नुपर्छ भन्ने हुँदा उनलाई उनी नै उदाएको पार्टी एमालेले राम्रो मानेन, उनी महासचिव भएर चलाएको समाजवादीले पनि आफ्नो ठानेन । उनका समकालीन मात्रै होइन, विद्यार्थी र कार्यकर्तासमेत भन्ने गर्थे- के सिद्धान्तले खान दिन्छ ? मैले…