चैत १५ पछि आज घण्टीघरमा भित्रिँदै रास्वपा सभापति रवि

चैत १५ पछि आज घण्टीघरमा भित्रिँदै रास्वपा सभापति रवि

चैत १५ पछि आज घण्टीघरमा भित्रिँदै रास्वपा सभापति रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार)पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्। सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर शुक्रबार नक्खु कारागारबाट रिहा भएका सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्। रास्वपा प्रवक्ता मीनष झाले भने, ‘आज दिउँसो ३ बजे सभापति रवि लामिछानेज्यूलाई पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टीघरमा स्वागत गर्ने कार्यक्रम छ।’ उनका अनुसार सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टी कार्यालय प्रवेश गर्दै छन्। ‘यसअघि उहाँ अन्तिमपटक गत चैत १५ गते पार्टी कार्यालयमा उपस्थित हुनुभएको थियो’, प्रवक्ता झाले भने।
Read More
चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता परित्याग गर्ने गरेको उहाँले बताउनुभयो । जिल्लामा साउनयता २० महिला र २९ पुरुषले गैरआवासीय नागरिकता लिएका छन् । यो नागरिकताका लागि कार्यालयले जारी गरेको अनुसूची फर्म भरेर पासपोटको फोटोकपी, विदेशी नागरिकताको फोटोकपी, नागरिकता त्यागेको निस्सा र नातेदार वा चिनजानको व्यक्तिले सनाखत गर्नुपर्ने उहाँले बताउनुभयो । विदेशमा बसेका नोपालीहरूले…
Read More
आज भारत जाँदै डा.बाबुराम भट्टराई

आज भारत जाँदै डा.बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज (आइतबार) भारत भ्रमणमा जाँदै छन् । उनको सचिवालयका अनुसार भारतमा रहँदा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा विचार विमर्श गर्नेछन् । त्यस्तै भट्टराईले आईआईटी बम्बईमा आयोजित कार्यक्रममा कि-नोट स्पिच दिनेछन् । त्यस्तै दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित कार्यक्रममा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन् । भट्टराईका स्वकीय सचिव रेखी गुरुङका अनुसार उनी पुस ९ गते भारत भ्रमण पूरा गरी स्वदेश फर्कने कार्यक्रम छ ।
Read More
भ्रष्टाचारीको महललाई खरानी बनाउन मलाई मान्छे मात्रै बन्न दिए पुग्छ-रवि लामिछाने

भ्रष्टाचारीको महललाई खरानी बनाउन मलाई मान्छे मात्रै बन्न दिए पुग्छ-रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मान्छे मात्रै बन्न पाए पुग्ने बताएका छन्। धरौटीमा रिहा भएर चितवन आइपुगेका लामिछानेले भरतपुरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफूलाई सांसद, मन्त्री नचाहिएको बताए। ‘म मान्छे मात्रै भएछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ। सांसद, मन्त्री बन्न त रोकौला मान्छे बन्न त दिन्छौ होला निरु,’ लामिछानेले भने, ‘मलाई अनागरिक बनायौ, जबरजस्ती झूटा मुद्दा लगाएर संसदबाट निकाल्यौं। तर जनताको मनबाट बाहिर निकाल्न सक्यौरु सक्छौ भने जनताको मनबाट बाहिर निकाल। म तयार छु।’ उनले आफूमाथि झूटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टर चढी भागेको बताए। अहिलेको सरकारले जेन–जी आन्दोलनको एजेण्डलाई बोकेर गए जनताको समर्थन मिल्ने…
Read More
जेलबाट छुटेपछि चितवनमा रविको सम्बोधनः जेनजीको साथ लिएर देश बनाउन अब हामी लाग्छौँ

जेलबाट छुटेपछि चितवनमा रविको सम्बोधनः जेनजीको साथ लिएर देश बनाउन अब हामी लाग्छौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देश बनाउने जिम्मा आफ्नो पार्टीको भएको दाबी गरेका छन्। शनिबार (आज) चितवनको चौविसकोठीमा विशेष सम्बोधन गर्दै सभापति लामिछानेले जेनजीको साथ लिएर अब आफूहरू देश बनाउन लाग्ने उद्घोष गरेका हुन्। उनले रास्वपा २०८४ को चुनाव कुरिरहेको बेला जेनजीले बीचमै सरकारमाथि हस्तक्षेप गरेर सत्ता पल्टाइदिएको भन्दै खुसी व्यक्त गरे। आफूहरू चुनाव कुरेर बसिरहेको बेला जेनजीले सरकारलाई तागत देखाइदिएको बताए। देशको संरचना जलेको देखेर आफूलाई दुःख लागेको बताउँदै उनले थपे, ‘सिंहदरबार पनि बनाउँला, न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ ? हामी बनाउँछौँ। जेनजीको साथ लिएर अब देश बनाउन हामी लाग्छौँ।…
Read More
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रङ्गीचङ्गी पुतली जस्तै देखिने भएकाले यसलाई स्थानीयहरु पुतली जहाज पनि भन्छन् । कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई अल्ट्रालाइट अर्थात ‘पुतली जहाज’ ले लोभ्याइरहेको थियो । खुला आकाशमा हावाको वेगसँगै कावा खाँदै ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यवलोकन गर्न पाइने यो साहसिक…
Read More
नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको ९नेपाल–चीन० उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ । हिउँदयामको माइनस डिग्री तापक्रमको परवाह नगरी सीमा क्षेत्रमा कार्यरत ९नेपाल–चीन० संयुक्त सुरक्षा अधिकारीले कोरला सीमा क्षेत्रको निगरानी बढाउन गस्ती नियमित गस्ती थालेका हुन् । यहाँ स्थित (नेपाल–चीन) कोरला सीमा क्षेत्रअन्तर्गत डोल्पातर्फ पर्ने २१, २२, २३ र २४ नं सीमा स्तम्भ क्षेत्रमा संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदयामका समयमा सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण, अवैध चोरी निकासी, अवैध चोरीसिकारी, सीमा क्षेत्रको शान्तिसुरक्षा र…
Read More
पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ । छमहिने उक्त प्रशिक्षणमा संलग्न ४७ जना व्यवसायीलाई शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । त्यस अवसरमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले प्रशिक्षणका माध्यमबाट व्यवसायीलाइ चिनियाँ पर्यटकसँग व्यवहार गर्न तथा आफ्ना सेवाबारे अवगत गराउन सहज हुने बताउनुभयो । साथै उहाँले देशको पर्यटन उद्योगमा चिनियाँ भाषा जानेका व्यवसायीबाट टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । दूतावासका ‘मिनिस्टर काउन्सिलर’ चु पानले चीन–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै यसबाट दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिल्ने विश्वास…
Read More
बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह Logoनारायणी अनलाइन ५ पुस २०८२, शनिबार

बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह Logoनारायणी अनलाइन ५ पुस २०८२, शनिबार

राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालश्रम बालअधिकारको गम्भीर उल्लङ्घन हुँदै आएकाले श्रमिक बालबालिकाको सुरक्षा, सशक्तीकरण तथा भविष्य निर्माणका लागि हातेमालो गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय बाल संरक्षण सञ्जाल र शिक्षा अधिकार अनुगमन समूहको आयोजनामा, लुिनभा, सिविस, बालविकास समाज, स्वतन्त्रता अभियान तथा बालकल्याण समाज मकवानपुरको सहकार्यमा ‘बालश्रम अन्त्यका लागि शिक्षाः अन्तरसम्बन्ध र प्रभाव’ विषयक छलफल कार्यक्रममा उपाध्यक्ष बानियाँले परिषद्का तर्फबाट खेलिनुपर्ने भूमिका सक्रियतापूर्वक खेलिएको बताउनुभयो । परिषद्ले संरक्षणविहीन बालबालिकाको उद्धार तथा पुनःस्थापना, श्रमिक बालबालिकाको शिक्षासहित अधिकार सुनिश्चित गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय मजबुत बनाउँदै कार्य गरिरहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव शङ्कर अधिकारीले विद्यालयमा…
Read More
तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग

तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलवासका स्थानीयले मुआब्जा माग गरेका छन् । आयोजनाका कारण व्यास नगरपालिका–१३ स्थित बेलबास सङ्कटमा परेको दाबी गर्दै त्यसको उचित क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् । बेलबासबासका स्थानीय ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाबाट प्रभावित हुने भएपछि आन्दोलित छन् । तनहुँ जलविद्युत आयोजनाको कारण बेलबास डुबानमा पर्ने भएकाले उचित मुआब्जा दिनुपर्ने सरोकार समितिका सदस्य मेघनाथ आचार्यको भनाइ छ । एसियाली विकास बैङ्कको विस्तृत अध्ययन प्रतिवेदनमा आयोजना सञ्चालनमा आएपछि बेलबास डुबानको जोखिम औँल्याइएको छ । आयोजनाको कार्यालय सुरक्षाका लागि बनाइएको तटबन्धको कारण सेती नदीको धार बेलबासतर्फ सोझिएको कारण बेलबासको बस्ती…
Read More